काठमाण्डौ । ग्लोबल आइएमई बैंकले फागुन १९ गतेदेखि सतुङगलस्थित यातायात व्यवस्था कार्यालय परिसरमा मोटरसाइकलको राजश्व संकलनको कार्य थालेको छ । 

बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरी उक्त कार्यालयको राजस्व संकलनको काम प्रारम्भ गरेको हो । 

यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । 

त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर,  अध्यागमन विभाग, उद्योग विभाग परिसर, लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । 

देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले आफ्ना ९४ शाखा, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, ११ वटा राजश्व संकलन काउण्टर र  ४४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।