काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनलाई सघाउँदै आएको मधेसी मोर्चा ६ दिनभित्र बाहिरिने पक्कापक्की भएपछि सत्ता घटक कांग्रेस र माओवादी केन्द्रले संसदको चौथो ठूलो दल राप्रपाका तीन मन्त्री थपेर संकट टार्न लागेको छ ।

यसअघि केपी ओली सरकारमा उपप्रधानमन्त्री रहिसकेका राप्रपा अध्यक्ष कमल थापालाई दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सोही पदसहित संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय सुम्पने निर्णय गरेका हुन् ।

थापासहित दिलनाथ गिरी र परशुराम तामाङ मन्त्री बनेसँगै मन्त्री परिषद् अब ४५ सदस्यीय बनेको छ । तीनै मन्त्रीको बिहीबार राति नै शपथग्रहण भइसकेको छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।