काठमाण्डौ । सनराइज बैंक चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको कुल १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद निश्कासनका लागि धितोपत्र बोर्ड पुुगेको हो । 

प्रभूू क्यापिटल लिमीटेड सनराइजको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

सनराइज बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६० करोड ९७  लाख खूद नाफा आर्जन गरेको छ । हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ७ अर्ब ९ करोड पुुग्नेछ ।