काठमाण्डौ । सफल व्यवसायी बन्न सजिलो छैन । तपाईं सफल व्यवसायी बन्न चाहनुहुन्छ भने यसमा वर्षौको मेहेनत लाग्छसक्छ । व्यापारमा तपाईंको सानो गल्तीले ठूलो घाटा पनि हुनसक्छ । कहिलेकाही वास्तु दोष पनि व्यापारका लागि बाधक बनिदिन्छ । यसकारण व्यापार सुरु गर्नुअघि वास्तुलाई ध्यानमा राख्नु हितकर हुन्छ । यही कारण धेरै कम्पनीहरु हिजोआज आफ्नो विजिनेश चम्काउन वास्तुको साहारा लिन थालेका छन् । 

हाल वास्तुमा वैज्ञानिक ढंगको सुधार भइसकेको छ । वास्तु दोष मेटाउन घर वा भवनमा कुनै तोडफोडको आवश्यकता पर्दैन र केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा भवनभित्रको वातावरण समेत आकर्षक र वास्तुमैत्री बनिदिन्छ । 
भारतका चर्चित बास्तुशास्त्री खुशदिप बंशलको भनाईमा मेटल, कलर, मिरर, पिरामिड, घरका चिजवस्तुहरु, पेन्टिङ, लाइटको प्रयोग सही दिशामा हुन जरुरी छ । हिजोआज मल्टिनेशन कम्पनीहरु समेत आफ्नो अफिसमा इन्टेरियर डिजाइनको बेला यस्ता कुरामा ध्यान दिन्छन् । बंशलको भनाईमा वास्तुशास्त्र एक प्रयोगात्मक विज्ञान हो र आफ्नो अफिसको वास्तुदोष मेटाउन कुनै पनि तोडफोड गरिरहन पर्दैन, केही सामान्य कुरामा ध्यान दिए पुग्छ । जस्तो पेन्टिङमा सामान्य परिवर्तन, चिजवस्तु राख्ने स्थानमा परिवर्तन, लाइट्स र स्कल्पचर्स भवनमा लगाएर हरेक किसिमको बास्तु दोष मेटाउन सकिन्छ । 
भवन, कार्यालय वा कम्पनी वा उद्योगको नक्सा बनाउने समयमै यी चिजहरुमा विशेष ध्यान बनाउन जरुरी हुन्छ । 

कन्स्ट्रक्सन उद्योगका लागि वास्तु टिप्स
-बिल्डिङको पश्चिम वा पूर्वी दिशामै आफ्नो साइट अफिस बनाउनुहोस् । 
-प्लान्टको उत्तर–दक्षिण दिशामा कच्चा पदार्थ राख्ने भूल नगर्नुहोस् । 
-कन्स्ट्रक्सनको सुरुवात सबैभन्दा पहिला प्लान्टको उत्तर दिशाबाट गर्नुहोस् ।  
-विजिनेशमा राम्रो नेटवर्किङका लागि कार्यालयको दक्षिणी क्षेत्रमा दौडदै गरेको १२ घोडाको मूर्ति वा चित्र राख्नुहोस् । 
-कार्यालयको उत्तर वा दक्षिण दिशामा रातो हात्ती राख्दा तपाईको विजिनेशको प्रतिष्ठा चाँडो बढ्छ । 
-सेल्ससँग सम्बन्धित काम गर्नका लागि पूर्वमा पश्चिमतर्फ मुख फर्काएर बस्ने गर्नुहोस् । 
-मार्केटिङको मामलामा दक्षिण वा उत्तर दिशामा बस्नुहोस् । 
-उत्पादनसँग जोडिएका सबै काम सधैं दक्षिण वा पश्चिम दिशामा मात्र बसेर गर्नु हितकारी हुन्छ । 
-फाइनान्स वा व्यवस्थापनको काम सधैं पश्चिमतर्फ बसेर पूर्वतर्फ आफ्नो मुख फर्काई गर्नुपर्छ । 
-सेल्स डिपार्टमेन्टसँग सम्बद्ध मानिसहरु आफ्नो वर्क स्टेशन जहिले पनि पूर्व दिशामै बनाउनुहोस् र पहेंलो तथा खैरो रंग सधैं टाढा राख्नुहोस् । 

फ्याक्ट्री वा कम्पनीका लागि बास्तु टिप्स
-कुनै विजिनेशको योजना बनाइरहनुभएको छ भने उत्तर दिशामा पूर्वतर्फ मुख फर्काएर बस्नुहोस् । 
-पानीसँग सम्बन्धित सबै चिजहरुलाई फ्याक्ट्रीको उत्तर दिशामा सारिदिनुहोस् । 
-फ्याक्ट्रीको दक्षिण–पश्चिम क्षेत्रमा मेसिनरी टुल्स राख्ने गल्ती नगर्नुहोस् । 
-आफ्नो कम्पनीको नाम भएको ब्यानर वा फ्लेक्स बोर्ड तपाईको कार्यालयको उत्तर वा पूर्व दिशामा मात्र लगाउनुहोस् । 
-सेतो रंगको घोडाको जोडाको चित्र वा मूर्ति अफिसको उत्तर वा पूर्व दिशामा राख्नुहोस् । यसले तपाईलाई फाइनान्सियल सपोर्ट दिन्छ । 

व्यापारमा पैसाको कमी भइरहेको छ भने....
तपाईलाई सेयर मार्केट वा प्रोपटी मार्केट जहाँबाट समेत घाटा हुनसक्छ । धेरै समय रोकिएको पेमेन्ट समयमा आउँदैन भने विजिनेश बढाउने कुरामा पनि घाटा हुनसक्छ । तर अब बास्तुशास्त्रमा यस्ता हैरानीहरुको समेत सहज हल छ । जसले तपाईको घर र अफिसको इनर्जीलाई सन्तुलित गरिदिन्छ र सबै काम तपाईले भने अनुसार नै हुन थाल्छ । 

वर्षौको खोजबाट यो पत्ता लागेको छ कि उत्तर दिशामा कुबेरको मूर्ति टेबल वा सेफमाथि राख्दा धेरै मानिसलाई काफी फाइदा हुन्छ । 

-विजिनेशमा धनको कमीको समस्याको एउटा कारण कार्यालय वा घरमा लकरलाई गलत दिशामा राख्नु पनि हो । -लकरमा नगद र गहना राख्ने हो भने त्यसलाई घरको पश्चिम वा दक्षिण–पश्चिम क्षेत्रमा राख्नुपर्छ । लकर फलामको हुन आवश्यक छ । 
-घर या अफिसको दक्षिण–पूर्व क्षेत्रमा फोहोर फाल्ने डस्टबिनहरु राख्दा पैसाको फ्लो अवरुद्ध हुनसक्छ । यस्तै यदि तपाई व्यापारी हो भने तपाईंको अकाउण्ट बुकको रंग रातो हुनुपर्छ ।

यदि दोकानमा ग्राहक आइरहेका छैनन् भने.................
-कहिलेकाही यस्तो पनि हुन्छ कि राम्रो र व्यवस्थित पसल भए पनि तपाईंकोमा आउने ग्राहकको संख्या घट्नसक्छ वा ग्राहक नआउन सक्छन् । जब कि तपाईंको जस्तै छिमेकमा रहेको त्यस्तै दोकानमा भने ग्राहकको थामिनसक्नु भीड लाग्छ । यदि तपाईंलाई व्यवसायमा समेत यस्तै समस्या आइरहेको छ भने वास्तु विज्ञानको सहारामा यो समस्याको हल निकाल्न सकिन्छ । 
-दक्षिण–पश्चिम क्षेत्रको पर्खालमा नन्दी साँढेको आकृति लगाएमा यसले तपाईंको व्यवसायलाई सुरक्षा प्रदान गर्छ ।
-दोकान वा आफ्नो अफिसमा यस्तो आकृति लगाउनाले ग्राहक तपाईंको दोकानप्रति आकर्षित हुन्छन् । यति मात्र होइन, यस्ता प्रयोगले ग्राहकसँग तपाईंको सम्बन्ध निकै लामो समयसम्म राख्न मद्धत गर्छ । 
-तपाईंको दोकानमा ग्राहक पूर्व वा उत्तर दिशाबाट प्रवेश गर्छन् भने त्यो शुभ मानिन्छ । 

बिजशाला / एजेन्सी