काठमाण्डौ । कोही पनि व्यक्ति विजिनेश सुरु गर्नुअघि नाफा नोक्सानको बिषयमा बढी सोच्ने गर्दछ । कतिपय अवस्थामा गलत विजिनेश र रणनीति अपनाउँदा मानिसलाई घाटा सहनुपर्ने हुन्छ । विजिनेश सफल बनाउन कयौं चिजहरुको जरुरी हुन्छ, तर तीमध्ये पनि सबैभन्दा जरुरी कुरा हो उपयुक्त बिजिनेशको छनौट । आज हामी तपाईंलाई यस्तै १० उपयुक्त विजिनेश आइडियाको बिषयमा बताउन गइरहेका छौ, जसको सफलताको दर अन्य विजिनेशको तुलनामा निकै धेरै नै छ । तपाईं पनि यी विजिनेश गरेर महिनाको लाखौं रुपैयाँ कमाउन सक्नुहुन्छ ।

रेष्टुरेन्ट व्यवसाय
रेष्टुरेन्ट विजिनेश विश्वकै सबैभन्दा सफल विजिनेश मानिन्छ । म्याकडोनाल्ड, डोमिनो र केएफसी यस्तै रेष्टुरेन्टको चेन हो, जसले आफ्नो फास्टफूडको दममा दुनियाँभर विजिनेश गरिरहेका छन् । यदि तपाईंको इन्ट्रेस्ट खाना बनाउनेमा छ भने तपाईंले यो व्यवसाय सुरु गर्न सक्नुहुन्छ । तर, सबैभन्दा जरुरी कुरा जुन इलाकामा तपाईं आफ्नो रेष्टुरेन्ट खोल्न गइरहनुभएको छ, त्यहाँको आवश्यकताको हिसाबले आफ्नो मेन्यू तयार गर्नुपर्छ । कतिपय ठाउँमा मानिस फास्टफूड मन पराउँछन् भने कतिपय मानिसहरु खाना तथा खाजाका अन्य परिकार तथा आइटम । यी कुराहरुलाई विचार गरेर मात्र आफ्नो विजिनेश सुरु गर्न सकिन्छ । 
रिक्रूटमेन्ट फर्म


नेपालमा पछिल्लो समय रिक्रूटमेन्ट फर्म निकै चल्न थालेको छ । यस्ता फर्महरुले विभिन्न कम्पनी तथा उद्योगहरुलाई आवश्यक कामदारको आपूर्ति गर्ने काम गर्छन् । बेरोजगारलाई रोजगारदाताको सम्पर्कमा पुर्याउने र रोजगारदातालाई आवश्यक जनशक्ति पूर्ति गर्ने काम यस्ता फर्महरुबाट गर्न सकिन्छ । यो काम तपाईंले अनलाइन र अफलाइन दुवै माध्यमबाट गर्न सक्नुहुन्छ । कतिपय यस्ता फर्महरुसँग समेत टाइअप गरेर समेत तपाईंले आफ्नो विजिनेश बढाउन सक्नुहुन्छ । नेपालमा रोजगार पसल लगायतका नामबाट यस्ता फर्म संचालनमा छन् । 

गिफ्ट स्टोर


नेपालमा हरेक ठूला चाडपर्व, मानिसको जन्मदिन तथा अन्य उत्सव र महोत्सवहरुमा गिफ्ट दिने चलन जीवनशैली बन्दै गएको छ । यस्ता अवसरमा आवश्यक गिफ्ट स्टोरका लागि निकै कम लगानी लाग्छ । यो काम तपाईंले घरमै बसी–बसी पनि गर्न सक्नुहुन्छ । यो कामका लागि हिजोआज तपार्इंंले अनलाइनको समेत साहारा लिनुपर्ने हुन्छ । आफ्नो प्रोडक्ट्सलाई तपाईंले विभिन्न सपिङ अनलाइनसँग टाइअप गरेर समेत बिक्रीका लागि राख्न सक्नुहुन्छ । यसका लागि सामान्य औपचारिकता मात्र पूरा गर्नुपर्छ । 

वेडिङ प्लानिङ एण्ड क्याटरिङ


नेपालकै पनि कतिपय ठूला व्यवसायीहरु वेडिङ प्लानिङ एण्ड क्याटरिङको विजिनेश गरेर मालामाल बनिरहेका छन् । यदि तपाईं क्रियटिभ हुनुहुन्छ र एकै समयमै धेरै जिम्मेवारी पूरा गर्ने सामथ्र्य छ भने तपाईका लागि वेडिङ प्लानिङको विजिनेश निकै उपयुक्त हुन्छ । यो एक चुनौतिपूर्ण विजिनेश हो, जसका लागि व्यवस्थापकीय क्षमता हुन चाहिन्छ । विवाह एक लाइफटाइम इभेन्ट हुन्छ, यस्ता इभेन्टमा मानिस खुलेरै पैसा खर्च गर्छन् । विवाहलाई सफल र यादगार बनाउनका लागि मानिस यस्ता इभेन्टमा खुलेरै खर्च गर्छ । 

कोचिङ क्लास


पहिलाको समयमा मानिस शोकको हिसाबले पढाउने काम गर्दथे । तर, पढाउने कुरा अब एउटा ठूलै उद्योग भइसकेको छ । जागिरको तयारी र स्कूलको पढाईमा सहयोगका लागि अभिभावकले आफ्ना बालबच्चामाथि लाखौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् । काठमाण्डौ लगायतका शहरमा कोचिङ क्लास संचालनको विजिनेश निकै फस्टाएको छ । देशका हरेक शहरमा यस्ता कोचिङ क्लासको आवश्यक हुन्छ । यदि तपाईंको साथमा पढाउने स्थान छैन भने होम ट्यूसनको क्लास समेत लिन सक्नुहुन्छ । यसका लागि धेरै भुक्तानी पनि हुन्छ । राम्रो विषयका लागि शिक्षकलाई राम्रो रकम तिर्न विद्यार्थी तयार हुन्छन् ।

नमकीन र नास्ताको दोकान


तपाईलाई यो सुनेर अनौठो लाग्नसक्छ । तर, मानिसले चिया नै बेचेर पनि लाखौं कमाइरहेका हुन्छन् । यसको एउटा उदाहरण कफी डे सपको व्यवसाय गर्नु पनि हो । ठूला शहरहरुमा कफी नै बिक्री गरेर पनि मानिसले लाखौं कमाइरहेका छन् । यस्तो व्यवसाय ठूलो रुपमा गर्नसक्नुहुन्न भने सानो पूँजीबाट समेत सुरुवात गर्न सक्नुहुन्छ । हिजोआज पतिपत्नी दुवै कामकाजी हुन्छन्, बिहान भएपछि नास्ता आफैं बनाउनको साटो बनिबनाउ नास्ता मगाउन मन पराउँछन् ।

टुरिस्ट गाइड तथा ट्राभल प्लानर


यो एउटा निकै राम्रो विजिनेश आइडिया पनि हो । यसका लागि तपाईंमा भौगोलिक अवस्थाको बिषयमा राम्रो ज्ञान हुन आवश्यक छ । हिजोआज आम्दानी राम्रो हुन थालेपछि मानिसहरु घुमफिरमा खर्च गर्न थालेका छन् । यसका लागि तपाईंले चलेको टुरिस्ट अनलाइन वा ट्राभल एजेन्सीको फ्रेञ्चाइजी पनि लिएर काम सुरुवात गर्न सक्नुहुन्छ । यस्ताको फ्रेञ्चाइजी लिंदा तपाईंलाई आफ्नै कार्यालयको समेत आवश्यकता परिरहँदैन ।

स्मार्टफोन बिक्री तथा मर्मत केन्द्र


यदि तपाईलाई स्मार्टफोनको मर्मत गर्न आउँछ भने तपाईंले अझ बढी कमाउन सक्नुहुन्छ । यसको साथमा तपाईले ल्यापटप र कम्प्युटर मर्मतको काम समेत गर्न सक्नुहुन्छ । देशमा स्मार्टफोन प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको छ । नेपालमा दैनिक हजारौं स्मार्टफोन बिक्री हुने गर्छ । उति नै संख्यामा फोन मर्मतका लागि आइरहेको हुन्छ । 

इभेन्ट म्यानेजमेन्ट


इभेन्ट म्यानेजमेन्टको विजिनेश देशमा अहिले खूबै फस्टाएको छ । शहरी क्षेत्रमा यो विजिनेश अझ बढी फस्टाएको छ । यो काम भनेको दोश्रो कम्पनीको इभेन्ट पूरा गर्न सहयोगी भूमिका निभाउने हो । कतिपय धेरै ठूला कम्पनी आफ्ना इभेन्ट पूरा गर्नका लागि इभेन्टमेन्ट म्यानेजमेन्ट कम्पनीको साहारा लिने गर्छन । यस्तो अवस्थामा इभेन्ट सम्पन्न गराउने पूरा जिम्मेवारी  इभेन्ट म्यानेजमेन्ट कम्पनीको हुन्छ । यसका लागि यस्तो कम्पनीलाई एक राम्रो पैसा मिल्छ । 

कन्सल्टेन्सी र कन्ट्रयाक्टिङ


विश्वभर हिजोआज कन्सल्टेन्ट र कन्ट्रयाक्टर्सको आवश्यकता बढिरहेको छ । कम्पनीहरुले यस्ता कन्सल्टेन्टहरुलाई राम्रो तलबको अफर गरिरहेका हुन्छन् । इञ्जिनियरिङ, मार्केटिङ र साइन्टिफिक रिसर्चमा कन्सल्टेन्टको धेरै आवश्यक हुन्छ । तपाईंले आफ्नो फर्म खोलेर आफ्नो साथमा कयौं कन्सल्टेन्टलाई जोड्न सक्नुहुन्छ । यस्ता कन्सल्टेन्टहरुलाई तपाईले कमिसनको आधारमा विभिन्न कम्पनीहरुमा पठाउनुपर्ने हुन्छ ।