काठमाण्डौ । राजधानी भन्दा तराई, पहाड र हिमालमा चर्को महंगी रहेको कुरा तपाईं पत्याउनुुहुन्छ ? काठमाण्डौमा बसेर पल पल महंगीको सामना गरिरहेकाहरुले यो कुरा नपत्याउन सक्लान् । तर नेपाल राष्टबैंकको अनुसन्धानले भने यस्तै तथ्य बाहिर ल्याएको छ । 

केन्द्रीय बैंकले कात्तिक मसान्तसम्म(चालुु आर्थिक वर्षको पहिलो ४ महिना)को अर्थतन्त्रको समीक्षा सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । 

प्रतिवेदनका अनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी मुद्रास्फिति पहाडमा रहेको छ । त्यहाँको मुद्रास्फिति दर ६.२ प्रतिशत रहेको छ । त्यसपछि तराईमा ५.१, हिमालमा ४ प्रतिशत र सबैभन्दा कम महंगी काठमाण्डौमा ३ प्रतिशत रहेको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिमा सबैभन्दा बढी महंगी काठमाण्डौमा रहेको थियो । सो बेला काठमाण्डौको मुद्रास्फिति दर ११.८ प्रतिशत थियो । चालु आर्थिक वर्षको चौमासिक समीक्षाको परिणाम अघिल्लो वर्षसँगको तुलनामा ठीक उल्टो आएको हो । अघिल्लो वर्ष पहाडमा ११.४, तराईमा ९.१ र हिमालमा ९.६ प्रतिशत मुुद्रा स्फिति थियो ।

उपभोक्ता मुद्रा स्फितिमा सुधार
२०७३ असार महिनादेखि घट्दो क्रममा रहेको वार्षिक विन्दुुगत उपभोक्ता मुद्रास्फिति २०७३ असोज महिनामा ६.७ प्रतिशत रहेकोमा कात्तिकमा त्यो ४.८ प्रतिशतमा झरेको छ । यस्तो मुद्रा स्फिति२०७३ असार र २०७२ कात्तिक महिना दुवैमा १०.४ प्रतिशत रहेको केन्द्रीय बैंकको अनुसन्धान विभागले सार्वजनिक गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य तथा गैर खाद्य मुद्रास्फिति दुवैमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फिति घट्न गएको हो । प्रतिवेदनमा भनिएको छ । समीक्षा अवधिमा खाद्य मुद्रास्फिति २.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फिति १२.१ प्रतिशत थियो । 

अघिल्लो वर्षको प्रथम चौमासिक अवधिमा ९.२ प्रतिशत रहेको गैरखाद्य मुद्रास्फिति पनि पनि यो वर्ष घटेर ६.५ प्रतिशतको विन्दूमा छ । संचार र यातायातको मुद्रा  स्फिति घटेको छ भने लत्ताकपडा, जुत्ता, घरायसी सामान तथा सेवा लगायतको वस्तुहरुको मुद्रास्फिति भने न्यून रहेको उल्लेख छ । 

रिपोर्टका अनुसार नेपाल र भारतबीच मुद्रास्फिति अन्तर क्रमिक रुपमा घट्दै गएको छ । नेपालमा तरकारी, मदिराजन्य पदार्थ लगायतका वस्तुहरुको मूूल्यवृद्धि तुलनात्मक रुपमा उच्च रहेकोले नेपालको मुद्रास्फिति भारतको भन्दा केही मात्र उच्च रहेको केन्द्रीय बैंकको दाबी छ । उसका अनुसार वार्षिक विन्दूूगत उपभोक्ता मुद्रास्फिति दर भारतको ३.६ प्रतिशत छ भने नेपालको ४.८ प्रतिशत छ ।