एजेन्सी । न्यूजिल्याण्डको एक समुन्द्री किनारमा ३ सय बढी ह्वेल माछाले एकसाथ आत्महत्या गरेका छन् । साना र ठूला गरी ३ सय बढीको संख्यामा साउथ आइल्याण्ड टापुुमा आएका ह्वेलले सामूहिक आत्महत्या गरेका हुन् । यसलाई निकै अनौठो घटनाको रुपमा लिइएको छ । 

न्यूज हेराल्ड र बीबीसीका अनुसार बिहीबार राति करीब ४ सयको संख्यामा समुद्रको फेयरवेल स्पिट किनारमा आएको र ३ सय ह्वेलले एकसाथ आत्महत्या गरेका हुन् । माउ ह्वेलहरुले सामूहिक आत्महत्याको बाटो रोजेपछि स्थानीयले उनीहरुका बच्चालाई बचाउने कोशिश गरेका समेत रिपोर्टमा उल्लेख छ ।

ह्वेलले के कारणले सामूहिक आत्महत्या रोजे भन्ने बिषयमा विज्ञहरुले अनुसन्धान गरिरहेका बताइएको छ । 

यसअघि सन् २०१५ को फेब्रुअरीमा पनि करिब २ सय ह्वेलले सोही समुद्री तटमा आएर आत्महत्या गरेका थिए । 

जानकारहरुका अनुसार स्तनधारी समूहमा पर्ने एक मात्र जीव ह्वेलले किन आत्महत्या गर्छन् भन्ने बारेमा अहिलेसम्म वैज्ञानिकले समेत पत्ता लगाएका छैनन्। तर, बिरामी भएपछि उनीहरुले आत्महत्या रोजेको हुनसक्ने अनुमान गरिएको छ । सामूहिक आत्महत्याको क्रममा एउटा ह्वेल समुद्री किनारमा आउँछ र उसले अरुलाई पनि आउन संकेत गर्छ । यसपछि समूहमा सबै ह्वेल आएर समुद्री तटमा एक साथ आत्महत्या गर्छन् । सामूहिक आत्महत्याको यो घटनालाई विश्वभरि चासोको साथ हेरिएको छ । समुद्री तटमा यो अनौठो घटना हेर्न आउनेको निकै ठूलो भीड लागेको बताइएको छ ।