काठमाण्डौ । डिग्री हातमा भए पनि बेरोजगार बन्न विवश युवाहरुलाई खुशीको खबर । लोकसेवा आयोगले विभिन्न समूहमा देशैभरि १ हजार ४ सय ११ जनाका लागि खरीदार पदमा जागिरको अवसर खुलाएको छ । 
 

बुधबार सूचना प्रकाशन गर्दै लोकसेवा आयोगले खरिदार पदमा दरखास्त आह्वान गरेको हो । 
 

अप्राविधिकतर्फका राजपत्र अनकिंत खरिदार पदमा १४ वटै अञ्चल कार्यालय अन्तरगत जनशक्ति माग भएको छ । प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको सूचनामा उल्लेख गरिएको छ । 
 

विभिन्न कार्यालयमा रिक्त पदपूर्ति गर्नका लागि आयोगले २ सय २५ जना खरिदारका आन्तरिकरुपमा परीक्षा गर्नेछ । खरिदार भन्दा तल्लो तहमा कार्यरत कर्मचारीले पनि आन्तरिक प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन् । मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी पास गरेकाहरुले दरखास्त दिन सक्ने बताइएको छ । इच्छुकले अनलाइनबाटै दरखास्त दिनसक्ने समेत आयोगको सूचनामा उल्लेख गरिएको छ ।