काठमाण्डौ । देशको टप निर्जिवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले प्रति कित्ता १६२० रुपैयाँमा साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको माघ १३ गते बसेको संचालक समिति बैठकले १२ औं साधारणसभाबाट पारित प्रस्ताव अनुसार कुल १३ लाख ६२ हजार कित्ता एफपीओ प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५ सय २० रुपैयाँ प्रिमियम थपेर निश्कासनको प्रस्ताव गरेको हो । 

बैठकले प्रति कित्ता १६ सय २० रुपैयाँमा एफपीओ गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्टारको कार्यालय लगायतको निकायमा पठाइने समेत बताएको छ । 

शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशित गरी यो कम्पनीले सेयर संरचनामा केही रुपान्तरणका लागि एफपीओ ल्याउन लागिएको स्पष्ट पारेको छ । एफपीओ निश्कासनपछि शिखर इन्स्योरेन्सको साधारण संस्थापक सेयर अनुपात ६० : ४० मा रुपान्तरण हुनेछ । 

शिखर इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १८ करोड १ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । उसले प्रिमियमतर्फ ७५ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । यो कम्पनीले बिमा कम्पनीमध्येकै सर्वाधिक ६० प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरिसकेको छ । यो बोनसपछि चुक्तापूँजी ८१ करोड ७६ लाखको उचाईमा पुुग्नेछ । त्यसपछि जारी हुने एफपीओपछि चुक्तापूँजी ९५ करोड ३९ लाख पुुग्नेछ । प्रति कित्ता एकसय रुपैयाँको दरले एफपीओबाट संकलित कुल रकम चुक्तापूँजीमा जोडिन्छ । प्रिमियम बापतको रकम भने रिजर्बमा जम्मा हुनेछ । एफपीओपछि रिजर्ब २ करोड ७ लाख रुपैयाँ पुुग्नेछ ।