मुगु । सांसद रीता शाहीले मृत्युको मुखमा पुगेकी एक गर्भवतीलाई हेलकोप्टरबाट उद्धार गरी ज्यान बचाएकी छन् । 

सुत्केरी हुन नसकेर छट्पटाईरहेकी हुम्ला, श्रीमष्ट १ की ३० बर्षीया बाटुल्ली शाहीलाई सांसद शाहीले हेलिकोप्टरमार्फत काठमाडौं पुर्याएर ज्यान बचाएकी हुन् ।

बाटुल्लीको पेटमा बच्चा उल्टो अवस्थामा थियो । उनी तीन दिनदेखी घरमै बेहोस थिइन् । परिवारले सभासद्लाई फोन गरेर ज्यान बचाइदिन आग्रह गरेपछि शाहीले गत शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरेकी हुन् । आजको कान्तिपुरमा खबर छ ।