काठमाण्डौ । सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन Galaxy C9 Pro लाई बजारमा ल्याएको छ । ग्राहकहरु माझ अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्न उक्त फोनमा ६ जीबी र्याम, १६ एमपी फ्रन्ट र ब्याक क्यामेरा तथा ६ इञ्चको FHD sAMOLED  डिस्प्ले राखिएको छ भने Full Metal Unibody  भएको यस फोनले आफ्नो स्मार्टफोनबाट धेरैको अपेक्षा राख्ने ग्राहकहरुको आवश्यकता पूरा गर्ने आशा गरिएको छ । 

“फिचर पावरहाउस” भन्ने संज्ञा दिइएको Galaxy C9 Pro ले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । यी टप–अफ–द–लाइन फिचरहरुले ग्राहकहरुलाई उत्कृष्ट मल्टीमिडिया र क्लियर पिक्चरका साथ Immersive Viewing  अनुभव पनि प्रदान गरेको छ ।

सामसङ नेपालका डेपुटी जेनरल म्यानेजर, मोबाइल बिजनेस, प्रणय स्थापितका अनुसार ग्यालेक्सी सी नाइट प्रो आफ्नो ६ इञ्च फूल sAMOLED डिस्प्लेका साथ मोबाइल प्रयोगकर्ताहरुलाई सर्वाेत्कृष्ट मल्टिमिडिया अनुभव प्रदान गर्न डिजाइन गरिएको छ । साथै, आफ्नो एड्भान्स्ड् 64-bit Octa Core processor, 6GB RAM, 4000 mAh ब्याट्री पावर र 64GB Inbuilt Storage (256GB सम्म एक्स्पान्ड गर्न सकिने) का साथ यो स्मार्टफोन ग्राहकहरुलाई पावरहाउस पर्पmमेन्स् दिन तयार छ । अभैm Dual LED Flash र F1.9 Lens  सहितको 16MPफ्रन्ट र रियर क्यामेराले प्रयोगकर्ताहरुलाई “लो–लाइट” कन्डिशनहरुमा पनि उत्कृष्ट फोटोहरु लिने क्षमता प्रदान गरेको छ ।”

अतुलनीय कार्यक्षमता
Galaxy C9 Pro शक्तिशालीे 6GB RAM भएको पहिलो सामसङ फोन हो, जसले बिना कुनै रुकावट प्रयोगकर्ताहरुलाई मल्टि–टास्किङ्ग अनुभव प्रदान गर्न सक्दछ । 64GB+256GB को Storage का साथ Samsung Galaxy C9 Pro को 64-bit Octa Core Processor ले प्रयोगकर्ताहरुलाई बिना कुनै रुकावट मल्टिमिडिया, गेम तथा अन्य विभिन्न एप चलाउने क्षमता प्रदान गर्छ ।

लामो समयसम्म चल्ने ब्याट्री
लामो समयसम्म टिक्ने 4000mAh  ब्याट्रीका साथै फास्ट चार्जिङ्ग टेक्नोलोजीका साथ प्रयोगकर्ताहरुलाई Samsung Galaxy C9 Pro ले गेमरर्स् तथा हेभी मल्टिमिडिया यूजरहरुलाई थप आकर्षण प्रदान गरेको छ । यस स्मार्टफोनले USB Type-C सपोर्ट गरेको छ जसले अभैm छिटो डाटा ट्रान्सफर हुन मदत गर्छ । ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न यसमा दुईवटा सिमकार्ड स्लट र एक छुट्टै MicroSD Card स्लट रहेको छ ।

उक्त फिचर्सहरु बाहेक पनि Samsung Galaxy C9 Pro ले नेपालको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न “लोकल” फिचर्सहरु जस्तै S Secure, S Power Planning र Ultra Data Saving (UDS) प्रस्तुत गरेको छ जसले यस स्मार्टफोनलाई अन्य भन्दा निकै फरक प्रस्तुती बनाएको छ ।

ब्ल्याक् र गोल्ड गरी २ वटा रंगहरुमा देशभरका सम्पूर्ण रिटेल च्यानलहरुमा मार्च, २०१७ को पहिलो हप्ताबाट रु. ५९,९९० मूल्यमा उपलब्ध यो मोवाइलका मुख्य विशेषता यसप्रकार छन् :