काडमाण्डौ । बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको छ ।

मन्त्री र सचिवको खाजाका लागि मन्त्रालयमा सप्लाई हुँदै आएको डाइजेस्टिभ बिस्कुट, म्यागी चाउचाउलगायतका उपभोग्य सामान अखाद्य रहेको पाइएको हो ।

आपूर्ति मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले पनि पटक-पटक सरकारी निर्देशन नमानेको मनोज भन्ने माइलाको पसललाई फेरि ३ दिने म्याद दिएर छाडेको छ ।

सिंहदरबरारका सबै मन्त्रालयमा रहेका क्यान्टिन तथा प्रहरीको उच्च तहमा म्याद नाघेका सामान सप्लाई हुने गरेको उक्त पसलको संरक्षणमा मन्त्रालयसम्मको हात रहेको देखिएको छ ।

पटक-पटकको अनुगमनमा गएर सामान्य निर्देशन दिएर छोड्नु र पसलले निर्देशन वेवास्ता गर्नु मिलेमतोमा हुने अवैध धन्दाको पराकाष्ठाा हो ।

सिंहदरबारको पूर्वी गेटनजिकै रहेको माइला किराना पसलबाट मन्त्रालयमा सप्लाई हुने गरेको हो । तर त्यही पसल विना दर्ता सञ्चालनमा छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।