काठमाण्डौ । सिर्जना फाइनान्सको वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

फाइनान्सको बोर्ड बैठकले यसअघि आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । सो प्रस्ताव वार्षिक साधारणसभामा ध्वनि मतले पारित भएको हो । 

यो कम्पनी एभरेष्ट बंैकपछि सबैभन्दा धेरै बोनस वितरण गर्ने बित्तीय संस्था बनेको दाबी गरिएको छ । ५० प्रतिशत बोनस वितरणपछि फाइनान्सको चुक्तापूँजी ३० करोड २४ लाख पुग्नेछ । 

फाइनान्सले जारी गरेको एक विज्ञप्ति अनुसार आगामी दिनमा शाखा, एटीएम सेवाको बिस्तार लगायतमा कम्पनीको ध्यान केन्द्रीत हुनेछ ।