काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा  चालु आवमा ५९.१८ प्रतिशतले नाफा बढाएको छ । 

बैंकद्वारा जारी लेखापरीक्षण नभएको रिपोर्ट अनुसार बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७२ करोड ८८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आ.ब.को यही अवधिमा बैंकको खूद नाफा ४५ करोड ७८ लाख मात्र  थियो । 

तेश्रो त्रैमासमा बैंकको खूद ब्याज आम्दानी अघिल्लो आ.ब.को ९४.४५ करोडबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । बैंकले यो अवधिमा ४४ अर्ब ३७ करोड निक्षेप संकलन गरेको छ भने ३७ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आ.ब.को यही तुलनामा निक्षेप ३४ अर्ब ७९ करोड संकलन गरेको थियो भने २८ अर्ब ७४ करोड कर्जा लगानी गरेको थियो । 

बैंकको सीडी रेसियो ७७.९५ प्रतिशत रहेको छ भने निस्क्रिय कर्जा १.७८ प्रतिशतमा झरेको छ । बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रहेको छ । 

तेश्रो त्रैमास अवधिसम्म आइपुग्दा बैंकको प्रति शेयर आम्दानी ३१.५३ रुपैयाँ भई प्रति शेयर नेटवर्थ १४५.६५ पुगेको छ । बैंकले २६ करोड रुपैयाँ संभावित नोक्सान व्यहोर्न प्रोभिजन गरेको छ ।