काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडबीच बिमा अभिकर्ताको रुपमा काम गर्ने गरी सम्झौता भएको छ । 

सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र एलआइसीका प्रमुख कार्यकारी अधिकृत अभिजित घोस दास्तीदारले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

सम्झौतापछि एलआइसीको अभिकर्ताको रुपमा सिद्धार्थ डेभलपमेन्ट बैंकले उसका ३५ वटा शाखाहरुबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडको जीवन बिमाका विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने र बिमा लेख तथा प्रिमियम भुक्तानको सुविधा पनि बैंकका सबै शाखाबाट उपलब्ध हुने बताइएको छ ।