काठमाण्डौ । सुजुकी मोटरको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले तीनदिने सुजुकी एक्सचेञ्ज मेला २०७३ योजना ल्याएको छ । 

यो तीन दिने योजनामार्पmत ग्राहकलाई झञ्झटमुक्त कागजपत्र, सरल र कम किस्ताबन्दीको व्यवस्था, ८.९९ प्रतिशत न्यूून ब्याजदरमा फाइनान्स सुविधा साथसाथै पुनः बिक्री सुविधा, सरल एक्सचेञ्ज, एक्सचेञ्ज बोनस, निःशुल्क २ वर्ष सर्भिसिङ्ग र ४ वर्ष वारेन्टीको सुविधा प्राप्त गर्न सकिनेछ । कम्पनी अनुसार यो योजना सबै मोडलका गाडीहरुमा काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण सोरुमबाट सेवा लिन सकिन्छ । विशेष अफर अन्तर्गत Breezza ZDI मोडलमा बिक्री मुल्य रु. ३९,४९,००० तोकिएको छ ।