काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

फागुन २२ गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

सेञ्चुरी बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २२ करोड ३९ लाख खूद नाफा आर्जन गरेको छ । यो बैंकको हाल चुक्तापुँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्तापूँजी ४ अर्ब ४ करोडको उचाईमा पुुग्नेछ । यो बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई अक्वायर गर्ने प्रक्रिया अन्तिम चरणमा छ भने हालै सगरमाथा फाइनान्ससँग समेत अक्वायरको सम्झौता गरेको छ ।