सुर्खेत । नेपाली सेनाले पूर्वसैनिकहरुलाई स्वरोजगार बनाउन करिब तीन अर्ब रुपैयाँ लगानी गरेको छ ।

तीन अर्ब लागानीमा अहिलेसम्म १७ हजार पूर्वसैनिक स्वरोजगार बनेका छन् ।

सेनाले लागानी वृद्धि गर्दै आगामी दिनमा २५ हजार पूर्वसैनिकलाई स्वरोजगार बनाउने लक्ष लिएको छ ।

पूर्वसैनिकलाई आत्मनिर्भर बनाउन लघुवित्त कार्यक्रममार्फत सेनाले लगानी प्रवाह गर्दै आएको छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।