काठमाण्डौ । स्थानीय स्तरका राजनीतिक कार्यकर्ता ब्यबस्थापन गर्ने कठिनाइ भोगिरहेका राजनीतिक दलहरुलाई आसन्न स्थानीय निर्वाचन सुनौलो अबसर हुने भएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विभिन्न राजनीतिक दलका करिव ३६ हजार नेताकार्यकर्ताको एकैपटक व्यवस्थापन हुनेछ ।

वैशाख ३१ मा घोषित चुावनपछि राजनीतिक दललाई नेताकार्यकर्ता व्यवस्थापनमा परिरहेको सकस र भार कम हुन पुग्नेछ ।

दलका स्थानीय तहका सक्रिय नेता तथा कार्यकर्ता व्यवस्थापन हुन नसक्दा तिनीहरु विद्यालय व्यवस्थापन, खानेपानी, सामुदायिक वा, उपभोक्ता समितिजस्ता सामाजिक संघसंस्थामा आबद्ध हुँदै आएका छन् । परिणामस्वरुप सामाजिक संघसंस्थामा चरम राजनीति हुँदै आएको छ।

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनले पुनः स्थानीय तहको नेता कार्यकर्ता व्यवस्थापन गर्ने हुँदा राजनीतिक दललाई मात्रै होइन, समाजलाई पनि फाइदा पुग्ने राजनीतिक विश्लेषक नीलाम्बर आचार्य बताउँछन् । यो खबर आजको नागरिकमा छापिएको छ ।