काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि नेपाल विद्यार्थी संघकी नेतृ आत्महत्या गरेकी छन् ।

बुधबार भएको स्ववियु चुनावमा पराजित भएपछि रिमा क्षेत्रीले आत्महत्या गरेकी प्रहरी इन्स्पेक्टर सुनिल प्रधानले जानकारी दिए । क्षेत्रीले फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट अध्यक्षकी उम्मेदवारी दिएकी थिइन् ।

प्रहरीका अनुसार उनले आत्महत्या गर्नु अगाडि लेखेको सुसाइट नोटमा आफू मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेकी छन् ।