काठमाण्डौ । धितोपत्र बोर्डले हाम्रो विकास बैंकलाई २ सय प्रतिशत हकप्रद बिक्रीको स्वीकृति दिएको छ । 

यो बैंकले करिब एक महिनाअघि हकप्रद निश्कासनका लागि बोर्डमा आवेदन दिएको थियो । 

स्वीकृति प्राप्तसँगै अब हाम्रो विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल ३० लाख ५८ हजार ३ सय ३९ कित्ता हकप्रद निश्कासन गर्नेछ । 

यो बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा एनआइबिएल क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

हाम्रो विकास बैंकको हाल चुक्तापूँजी १५ करोड २९ लाख रुपैयाँ रहेको छ । १ बराबर २ को अनुपातमा हकप्रद निश्कासनपछि चुक्तापूँजी ४५ करोड ८८ लाख पुुग्नेछ । 

चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९६ लाख १६ हजार खूद नाफा आर्जन गरेको यो बैंकको चैत १६ गतेको अन्तिम सेयर बिक्री मूल्य प्रति कित्ता ५ सय २५ रुपैयाँ रहेको छ ।