काठमाण्डौ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले आफ्नो पहिलो जहाज A320-214A320-214 बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह २ : २५ मा अवतरण गराएको छ । 

9N-ALM  रजिष्ट्रेशन नम्बर रहेको नयाँ विमान अवतरण लगत्तै पानीको फोहोरा(वाटर क्यानन)ले सलामी दिइएको थियो । बिमानमा आएका फेरी टिमलाई ‘मंगलधुन’का साथ स्वागत गरिएको थियो ।

चीनको चेंगदुमा विमान हस्तान्तरण कार्यक्रमपछि जहाजलाई काठमाडौं ल्याइएको हो । कार्यक्रममा कम्पनिको तर्फबाट अध्यक्ष चेङ ह्वीले प्रतिनिधित्व गरेका थिए । 

कार्यक्रममा हिमालय एअरलाइन्सका अध्यक्ष ह्वी, प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठ, अपरेशनतर्फका उपाध्यक्ष् कप्तान जतिनदर पालसिहं ढिल्लन लगायत कम्पनिका वरिष्ठ अधिकारी, नागरीक उड्ययन प्राधिकरणका पदाधिकारी, तिब्बत एअरलाइन्सका इञ्जिनियर लगायतको सहभागिता थियो । 

१५८ सिट क्षमताको हिमालय एअरलाइन्सको नयाँ विमान A320 लाईदुई वर्गमा विभाजन गरिएको छ,जसमध्ये ८ वटा सिट विजनेस क्लासका लागि छुट्याइएको छ भने बाँकी १५० वटा इकोनोमी क्लासको रहेको छ । हिमालय एअरलाइन्सले दुवै वर्गका उपभोक्ताहरुलाई आकाशमाउच्चस्तरीय र आरामदायी उडानको अनुभव गराउने प्रतिबद्धता समेत जनाएको छ । 

हिमालय एअरलाइन्सले सन् २०१६ को अप्रिलभित्रै काठमाडौंबाट पहिलो गन्तव्य दिल्ली र दोहामा आफ्नो दैनिक अन्तर्राष्ट्रिय उडान भरेर उपभोक्तालाई आरामदायी यात्रा दिँदै आफ्नो औपचारिक अन्तर्राष्ट्रि««य सेवा आरम्भ गर्ने प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले हिमालय एयरलाइन्सको सेवाले नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न थप मद्दत पुग्ने अपेक्षा समेत व्यक्त गरेका छन् । हिमालय एयरलाइन्सले स्तरीय सेवा दिने र यसको उच्चस्तरीय सेवाका कारण नेपालको उड्डयन क्षेत्रमा एक अध्याय थपिने र यसले देशको पर्यटन क्षेत्रको प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । 

यस्तो छ आगामी योजना


सन् २०१४ को अगष्टमा संयुक्त लगानी सम्झौता भएको यस एअरलाइन्सले २०१५ को जुलाईमा एयरबस ३१९ र ३२० बाट उडान भरी सेवा सुरु गर्ने योजना बनाएको थियो । हिमालय एयरलाइन्सले आफ्नो व्यापारिक उडान सुरु गर्न सम्पूर्ण तयारी सकिसकेको छ । यस सिलसिलामा एयरलाइन्सले आफ्ना विमान चालक, परिचारिका र प्राविधिक लगायतका कर्मचारीहरुलाई तालिम दिने लगायत सम्पूर्ण तयारी काम सकिसकेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । एयरलाइन्सले आफ्नो पहिलो गन्तव्य दोहा र दिल्ली बनाएको पनि उनले जनाएका छन् । केही महिनापछि चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने तालिका  समेत बनाइएएको उनले जानकारी दिए । 

हिमालय एअरलाइन्सले आगामीपाँचवर्ष भित्र पन्ध्रवटा 320 सिरिजका जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी रहेको समेत उनले बताए । एयरलाइन्सले केही समयपछि जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाका लागि समेत उडान भर्ने योजना बनाएको छ ।