काठमाण्डौ । नेपाल(चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्स्ले शुक्रबार सफलतापूर्वक याङगुन, म्यानमारमा सिधा हवाई उडान सुरु गरेको छ । 

करिब ३ लाख नेपालीहरुलाई आफ्नो मातृभूमिसँग प्रत्यक्ष सम्बन्ध कायम गराई आपसी सम्बन्ध मजबुत तुल्याउने उद्देश्यले म्यानमारको याङगुनमा उडान भएको हो ।

हिमालय एअरलाईन्स्ले आफनो चौथो गन्तव्य याङगुन, म्यानमार समयतालिका अनुसार काठमाण्डौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १०:५५ (स्थानीय समय) मा उडेर याङगुन अन्र्तराष्ट्रिय विमानस्थल,  याङगुनमा १४:१५ (स्थानीय समय)मा अवतरण गरेको थियो, जसले यी दुई शहरहरु बीचमा पर्यटन, व्यापार र लगानीका अवसर प्रबद्र्घन हुने अपेक्षा गरिएको छ । 

हप्ताको दुई दिन सोमबार र शुक्रबार सञ्चालन हुने यो सेवा, हिमालय एअरलाईन्स्ले करिब दुई दशक भन्दा बढीको अवधिपछि पुनस्थापित गरेको छ । 

यहाँस्थित म्यानमारका राजदूतावासका राजदूत ल्वीन आँ, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि म्यानमारको प्रथम उडानका यात्रुहरुसँगै सहभागी भएका थिए । 

नियमित उडानबारे टिप्पणी गर्दै भाइस प्रेसिडेन्ट, श्री विजय श्रेष्ठले भने–'एसियाली क्षेत्रमा नेपालको बढ्दो हवाई सम्पर्कले नेपाली पर्यटन उद्घोगमा टेवा पुयाउने, हाम्रो एअरलाईन्स्को प्रतिबद्धतालाई अर्र्को कोसेढुङ्गाको रुपमा थप्न पाउँदा हामी अत्यन्तै उत्साही छौ । काठमाण्डौं-याङगुन हवाई यात्राको सुरुवातसँगै हिमालय एअरलाईन्स्ले नेपाल र म्यानमारका यात्रुवर्गहरुप्रति लक्षित गरी बढी छनोटका अवसहरु प्रदान गर्दै आफनो सञ्जाल क्रमशः अभिवृद्धि गर्दै लानेछ र आपसी सम्बन्ध विस्तार गर्नेछ । हामी विश्वस्त छौ, हाम्रो मार्केटिङ्ग प्रबद्र्घनबाट म्यानमारको याङगुनलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्नेछौ ।'  

उक्त कम्पनीले काठमाण्डौ(याङगुन(काठमाण्डौका लागि शुरुवाती टिकटदर रु. २९,६००(राउण्ड ट्रिप) कायम गरेको छ । उक्त दरमा सरकारी कर समावेश गरिएको छैन । 

एअरलाईन्सले युनिक एशिया टाभल एण्ड टुर्स कम्पनी लिमीटेडलाई म्यानमारका लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्स्को बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ ।