काठमाण्डौ । सरकारी निकायले प्रचलित ऐनकानुनको व्यवस्था लत्याउँदै अपारदर्शी तरिकाले मोटो रकम खर्च गरेको भेटिएको छ । विभिन्न सरकारी निकायले आर्थिक वर्ष २०७२/७३ मा करिब साढे ९७ अर्ब रुपैयाँ आर्थिक कानुन मिचेर खर्च गरेका छन् ।

‘आर्थिक कार्यविधि ऐन, २०५५’ विपरीत अनियमित तरिकाले आर्थिक कारोबार गर्दा बेरुजुको रकम बढेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

अघिल्ला आर्थिक वर्षको तुलनामा ऐनकानुन उल्लंघन गरेर रकम खर्च गर्नेक्रम ७२ प्रतिशतले बढेको कार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सरकारी निकायमा ८८ अर्ब ८५ करोड र संगठित संस्था तथा समितितर्फ ८ अर्ब ५८ करोड बेरुजु देखिएको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।