काठमाण्डौ । ग्लोबल आइएमई बैंकले दशौैँ बर्ष पूरा गरी एघारौैँ बर्षमा प्रवेश गरेको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

दशौँ बार्षिकोत्सवको अवसरमा बैंकले पुस २३ गते राजधानीमा बित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर हस्पिटल, जमल हँुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

त्यसैगरी बैंकले १० औ वार्षिकोत्सवको अवसरमा स्थापनाकालदेखि बैंकमा कार्यरत आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ । पुस २३ गते नै राजधानीमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाकालदेखि बैंकमा कार्यरत ३२ जना कर्मचारीहरुलाई सम्मान गरेका हुन् । 

दशौँ बार्षिकोत्सवकै अवसरमा बैंकले पुस २२ गते वर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगालागी तथा अति प्रज्वलनशील पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीहरुलाई ज्याकेट तथा खाद्यान्न वितरण गरेको छ भने वार्षिकोत्सवकै अवसरमा पुस २१ गते काठमाण्डौँको शान्तिनगरमा रहेको निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै कम्बल वितरण गरेको थियो । 

यस्तै पुस १८ गते सोमवार रक्तदान र निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको पनि आयोजना गरिएकोे थियो । “रक्तदान नै जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकको उल्लेख्य सहभागिता थियो । 

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अवार्डबाट समेत सम्मानित भइसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ वटा एक्टेन्सन काउण्टर, ४४ शाखारहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले  ६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिदै आइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, मलेशिया, भारत, दक्षिणकोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।