काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार ११ कम्पनीको १ करोड ६९ लाख बोनस सेयर सूचिकृत भएको छ । सूचिकरणसँगै अब सम्बद्ध कम्पनीका बोनस सेयर पाउने लगानीकर्ताले आफ्नो नाममा रहेको सेयर कारोबार गर्न सक्नेछन् । 

नेप्सेका अनुसार लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनीको १४ लाख ४३ हजार ७ सय ५०, सेन्टल फाइनान्सको ५ लाख ५५ हजार २ सय ४, साहारा विकास बैंकको ५७ हजार ३ सय ४८, समीट माइक्रो फाइनान्सको २ लाख २५ हजार, मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाको २ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

यस्तै, साना किसान विकास बैंकको १० लाख ६ हजार १ सय २४ कित्ता, नेपाल एसबीआई बैंकको १ करोड ८ लाख ८९ हजार २ सय ७२, पूर्णिमा विकास बैंकको ४ लाख ९८ हजार २ सय २० कित्ता, अल्पाइन डेभलपमेन्ट बैंकको ३ लाख २९ हजार ३ सय ५३, बुटवल पावर कम्पनीको ११ लाख ८४ हजार ५ सय ६३ र गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको ५ लाख २८ हजार ७ सय ३० कित्ता बोनस सेयर समेत कारोबारका लागि सूचिकृत भएको छ ।