काठमाण्डौ । धितोपत्र बोर्डले सनराइज बैंकलाई ३० प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको छ ।

यो अनुमतिसँगै अब सनराइज बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद निश्कासन गर्नेछ ।

यो बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापुँजी ७ अर्ब ९ करोडको उचाईमा पुग्नेछ ।