काठमाण्डौ । एसियाली विकास बैंक(एडीबी)ले २५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि दुई अर्ब रुपैयाँभन्दा बढी (दुई करोड अमेरिकी डलर) अनुदान उपलब्ध गराउने भएको छ।

एडीबीले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०१८ सम्म २५ मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणमार्फत अनुदान सम्बद्व उत्पादकलार्य उपलब्ध गराउने गरी सहयोग दिन लागेको जानकारी दिएको हो । नेपालले ‘भायवलिटी ग्याप’ अन्तर्गत यस्तो सहयोग पहिल्लो पटक पाएको हो ।

नेपालको उर्जा आवश्यकता र मागलाई ख्ष्याल गरी सौ र्य उर्जा प्रवद्र्वनका लागि एडीबीले जलवायु कोाषबाट २ करोड डलर अनुदान दिने घाषणा गरेको हो । एडीबीले दिन लागेको यो अनुदान २०१५ मा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग उर्जा प्रणाली विस्तार आयोजनका लागि छुट्याइएको ४४ करोड ५ लाख डलरमध्येबाट हो ।

एडीबीका देशीय निर्देशक केनिची योको मायाले सौर्य उर्जा उत्पादमा निजी क्षेत्रको सहभागिता अभिवृद्वि र प्रोत्साहनका लागि कोषबाट अनुदान दिन लागिएको बताए । त्यस अवस्थामा उनले एडीबीको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनाको प्रगतिबारे पनि जानकारी गराएका थिए । मेचल्ची खानेपानी आयोजनाजस्ता दिर्घकालिन र सर्वहितैषी परियोजनाहरु एडीबीको विशेष प्राथमिकतामा रहेको उनको भनाई छ ।

एडीबीले सौर्य उर्जा प्रणाली विकास गर्न अन्तराष्ट्रिय बोलकोरमार्फत काम गर्ने जनाएको आजको कारोबार दैनिकमा खबर छ ।