काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था २ बराबर १ को अनुपात(५० प्रतिशत) हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।

यो माइक्रो फाइनान्सले पुँजी वृद्धिको उद्देश्यले १ सय रुपैयाँ अंकित मूल्यका कुल २ लाख ८२ हजार ५ सय कित्ता हकप्रद निश्कासन गर्न चाहेको हो ।

रिलायवलको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

हाल यो कम्पनीको चुक्तापुँजी ५ करोड ६५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद बिक्रीपछि चुक्तापुँजी ८ करोड ४७ लाखको उचाईमा पुग्नेछ । २०७३ मंसिर १९ गते सम्पन्न रिलायवल माइक्रो फाइनान्सको चौथो वार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । सेयर बजारमा यो कम्पनीको अन्तिम बिक्री मूल्य(बिहीबारको मूल्य) प्रति कित्ता २ हजार ६ सय २७ रुपैयाँ रहेको छ ।