काठमाण्डौ । तरलता अभावको समस्या समाधानका लागि ४५ अर्ब ३० करोड बराबरको  नेपाल राष्टबैंक ऋणपत्रहरु शून्य ब्याजदरमा सोझै खरीद गर्नका लागि केन्द्रीय बैंकले आह्वान गर्ने भएको छ । 

‘२०७३ असारमा जारी गरिएका भुक्तानी हुन बाँकी रु. ४५ अर्ब ३० करोड बराबरका नेपाल राष्ट्र बैंक ऋणपत्रहरु शून्य ब्याजदरमा सोझै खरिद गर्न यस बैंकले आह्वान गर्नेछ ।’ मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै गभर्नर डा. चिरञ्जिवी नेपालले भने–‘यस बैंकमा रहेको खुला बजार कारोबार समितिले पटक पटक गरी २०७३ फागुन मसान्त भित्र बैंक तथा वित्तीय संस्थाहरुलाई आफुसँग रहेको नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गर्न आह्वान गर्नेछ ।’

तरलताको अवस्था हेरी विभिन्न अवधिको रिपो/रिभर्स रिपो तथा सोझै खरिद/बिक्री जस्ता खुलाबजार कारोबारलाई निरन्तरता दिइने तथा विद्यमान बैंक दर, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात तथा पुनरकर्जा दरहरुलाई यथावत कायम गरिएको समेत गभर्नर नेपालले बताएका छन् ।