काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडले समेत प्राथमिक सेयरको निश्कासन(आइपीओ) गर्ने भएको छ । यो कम्पनीको आइपीओ धितोपत्र बोर्डको पाइपलाइनमा समेटिएको हो । 

यो जलविद्युत कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १ सय रुपैयाँ अंकित मूल्यको कुल ५ करोड ४० लाखको ५ लाख ४० हजार कित्ता सेयर आइपीओ गर्न लागेको हो । 

ग्लोबल आईएमई क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडले हालै आयोजना प्रभावित लमजुङ क्षेत्रका स्थानीयका लागि २ करोड ७० लाख मूल्य बराबरको कुल २ लाख ७० हजार कित्ता सेयर आइपीओ गरेको थियो । 

छ्याङ्दी हाइड्रोपावर लिमीटेड सन् २००७ मा स्थापना भएको एक जलविद्युत कम्पनी हो । यो कम्पनीले २ मेगावाट क्षमताको चण्डी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

स्थानीयका लागि आइपीओ जारी गरिएपछि कम्पनीको चुक्तापुँजी २१ करोड ६० लाख पुुगेको छ । सर्वसाधारणका लागि ५ करोड ४० लाख मूल्यको आइपीओ जारी भएपछि चुक्तापूँजी २७ करोड रुपैयाँ पुुग्नेछ ।