काठमाण्डौ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समय होटलहरूले गैरकानुनी रूपमा पाँच सय र दुई हजार दरका भारू नोट चलाइरहेको पाइएको बताए।

भारत सरकारले पुरानो भारू ५ सय र एक हजारको नोट खारेज गरेर ५ सय र दुई हजारको नोट चलनमा ल्याए पनि नेपालमा भने यी दुई नोटमाथि प्रतिबन्ध लाग्दै आएको छ।

नेपालमा एक सयभन्दा तलका नोट मात्र चलाउन व्यवसायीलाई ढुंगानाले सुझाव दिए। यो खबर आजको कारोबारमा छापिएको छ ।