काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सको आइपीओमा मागभन्दा १०१ गुणा बढी आवेदन परेको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको ६ लाख कित्ता सेयरको प्राथमिक निश्कासन गरिएकोमा ५ अर्ब ५० करोडभन्दा बढीको आवेदन परेको हो । 

आइपीओमा बिक्री प्रबन्धकको काम गरिरहेको नवील इन्भेष्टमेन्ट बैकिङका अनुसार देशभरका संकलन केन्द्र तथा आस्वा प्रणालीबाट समेत गरी अहिलेसम्म करिब ५ अर्ब ५ करोड बढीको आवेदन परेको हो । केही आस्वा केन्द्रबाट तथ्यांक आउन बाँकी रहेकोले अन्तिम समयमा आवेदन रकमको तथ्यांकले नयाँ उचाई लिनसक्छ । 

फरवार्डले माघ ९ गतेदेखि १२ गतेसम्म आइपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको थियो । इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजारसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको थियो । 

कम्पनीले ३० हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ३० हजार कित्ता अस्तित्वमा रहेका १० वटा म्युुचुुअल फण्डका लागि र बाँकी ५ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिंग प्रदान गरेको छ । 

यो माइक्रो फाइनान्सको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी २० करोड रुपैयाँ पुुग्नेछ । आइपीओपछि संस्थापक र साधारण सेयरको संरचना अनुपात ७०स् ३० मा रुपान्तरण हुनेछ । यो कम्पनीको जारी पूँजी २० करोड र अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको छ । 

यो माइक्रो फाइनान्स कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १५ लाख खूद नाफा आर्जन गरेको थियो । जगेडा कोषमा ४१ करोड ८८ लाख रुपैयाँ रहेको छ ।