काठमाण्डौ । सिन्धुु विकास बैंकले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

बैंकले फागुन १२ गते १ सय रुपैयाँ अंकित मूल्यको कुल २० लाख ९७ हजार ५ सय कित्ता हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

बैंकको सातौ वार्षिक साधारणसभाले १० बराबर ८ को अनुपातमा हकप्रद निश्कासनका लागि संचालक समितिले गरेको प्रस्ताव पारित गरिसकेको छ । 

हाल बैंकको चुक्तापूँजी २६ करोड २१ लाख ९२ हजार ५ सय रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ४७ करोड १९ लाख ४६ हजारको उचाईमा पुुग्नेछ । 

नेपाल राष्टबैंकले १ देखि ३ जिल्ले विकास बैंकको न्यूनतम चुक्तापूँजी ५० करोड हुनुपर्ने नीति अख्तियार गरेको छ । यो बैंकले २०७३/७४ को बोनस वितरण गरी चुक्तापूँजी ५० करोड नघाउने भएको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १७५ करोड निक्षेप संकलन गरी १३८ करोड कर्जा प्रवाह गरेको बैंकले १ करोड ३८ लाख खुद मुनाफा गरेको छ । हाल सम्म बैंकको ९ शाखा, २ सीमित बैंकिगं ईकाई संचालनमा रहेका छन् भने निकट  भविष्यमै सिन्धुपाल्चोकको चौतारामा शाखा संचालनमा ल्याउने बैंकको योजना रहेको छ ।