काठमाण्डौ । नेपालका लागि स्कोडा कारको आधिकारिक बिक्रेता स्कोडा एमएडब्लुले ग्राहकहरुको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुईवटा नयाँ विकल्प सार्वजनिक गरेको छ ।

‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता रु २८ हजार एकसय सात र ८.९९ प्रतिशत ब्याजदरमा नयाँ स्कोडा -यापिड खरिद गर्न सक्नेछन् ।

‘यो अफर ल्याउनुको उद्देश्य स्कोडा खरिद गर्न चाहने हाम्रा ग्राहकहरुको सुविधा हो । हामी फाइनेन्सिङ जटिलताका कारण युरोपियन लक्जरी कारको अनुभव गर्नबाट कुनै पनि ग्राहक छुटोस् भन्ने चाहँदैनौं,’ स्कोडा एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले भने, ‘अब ग्राहकले दुईमध्ये आफूलाई ठिक लाग्ने जुनसुकै विकल्पबाट स्कोडा ¥यापिडको अनुभव गर्न पाउनेछन् ।’

यसैबीच, स्कोडा एमएडब्लुले नेपालभरिका सोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । २० बैशाखसम्म चल्ने एक्सचेन्ज क्याम्पमा पुराना कारको दुई लाख रुपैयाँसम्म ‘एक्स्ट्रा भ्यालुएसन’ हुनेछ । कम्पनीले स्कोडा -यापिडको खरिदमा ग्राहकलाई नगद छुटका साथै एक वर्षका लागि निशुल्क सवारी कर, र निशुल्क एसोसरिज प्रदान गर्दै आएको छ ।

स्कोडा एमएडब्लुले सन् २००८ देखि नेपालमा यो ब्रान्डको कारहरु बिक्री गर्दै आएको छ । संसारकै सबैभन्दा पुरानो कार कम्पनीमध्यको एक स्कोडा अटोको मुख्यालय चेक गणतन्त्रको म्लाहा बोलेस्लाब्मा छ । नेपालमा स्कोडाको मुख्य सोरुम थापाथलीमा छ भने पोखरा, बुटवल, विराटनगर र नारायणघाटमा पनि सेल्स एन्ड सर्भिस आउटलेट छन् ।