काठमाण्डौ । ट्रम्प प्रशासन आप्रबासी कामदारहरुप्रति थप क्रूर बन्दै गएको छ । ट्रम्प प्रशासनको शिकार केवल अबैध आप्रबासी मात्र भएका छैनन्, उनीहरु पनि प्रभावित छन्, जसले अमेरिकामा काम गर्ने कानूनी इजाजत पाएका छन् । ट्रम्प नेतृत्वमा बनेको सरकारअन्तर्गतको न्याय विभाग(डिपार्टमेन्ट अफ जस्टिस)ले वासिङ्टनस्थित एक अदालतमा अपील दर्ता गराएको छ, जसमा अमेरिकामा काम गर्ने कानूनी इजाजत पाएका सबै व्यक्तिहरुलाई दिइने ‘एच फोर भिजा’ ६० दिनका लागि बन्द गर्न अनुमति मागिएको छ । ‘एच फोर भिजा’ विशेष गरी अमेरिकामा ‘एच वान बी’ भिजा पाएका व्यक्तिहरुको पति वा पत्नीलाई दिइन्छ । 

ट्रम्प प्रशासनको अपीललाई अदालतले समर्थन गरिदियो भने एच वान बी भिजाधारीका पति वा पत्नीको ग्रीनकार्डको सपनामाथि तुुषारापात हुनसक्छ । उनीहरुले नचाहँदा नचाहँदै अमेरिका छाड्नुुपर्ने दिन समेत आउनसक्ने अड्कलबाजीहरु गर्न थालिएको छ । 

हजारौं आप्रबासीहरु यो अपीलबाट तर्सिएका छन् । एचवान बी भिजा पाएका हजारौं आप्रबासीहरुको लामो समयको लडाईपछि सन् २०१५, फेब्रुुअरीमा ओबामा प्रशासनले एचवान बी भिजा पाएका व्यक्तिहरुका योग्य पति वा पत्नीलाई समेत अमेरिकामा आउने र काम गर्ने अधिकार दिने निर्णय गरेको थियो । यो निर्णयपछि एच फोर भिजा पाएर अमेरिकामा प्रवेश गरी ग्रीनकार्डको प्रतिक्षामा बसेका हजारौं आप्रबासीहरु लखेटिइने खतरा बढेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले दाबी गरेका छन् । 

ओबामा प्रशासनले यो नियम लागू गरेलगत्तै ‘सेभ जब्स यूएस’ नामको एक समूहले अदालतमा मुद्धा दायर गरेको थियो । तर, त्यसबेला एक जिल्ला अदालतले भनेको थियो–ओबामा प्रशासनको नियममाथि कानूनी दृष्टिले पुनर्विचार गर्ने र सो निर्णयमा रोक लगाउने कुनै तार्किक आधार छैन । 

यसपछि सोही समूह ट्रम्प सत्तामा आएपछि पुरानै मुद्धा लिएर पुनः अदालत पुुगेको हो । उसको अपीललाई डिपार्टमेन्ट अफ जस्टिसले समेत तत्कालै समर्थन जनाइदियो र यो विषय पेचिलो बन्यो । डिपार्टमेन्ट अफ जस्टिसले १ फेब्रुुअरी, २०१७ मा ६० दिनका लागि त्यस्तो भिजाको प्रक्रिया स्थगित गर्ने सहमति मागेको छ । 

यसरी ट्रम्प प्रशासनको नियत आप्रबासी कामदार र उनका परिवारप्रति निकै खराब बन्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ । कतिपय न्यायाधीश तथा कानूनविदहरुले ओबामा प्रशासनले ‘एच फोर भिजा’को प्रावधान ल्याउँदा यसलाई अमेरिकी मूलका कामदारलाई नोक्सानी पुुर्याउने काम भनेका थिए । 

स्मरण रहोस्, एच वान बी भिजाको रुपमा अमेरिकामा रहेका दक्ष कामदारमा हजारौं भारतीय छन् भने नेपालीको संख्या पनि सयौं छ । ट्रम्प प्रशासनको अपीललाई अदालतले समर्थन गरिदियो भने एच वान बी भिजाधारीका पति वा पत्नीको ग्रीनकार्डको सपनामाथि तुुषारापात हुनसक्छ । उनीहरुले नचाहँदा नचाहँदै अमेरिका छाड्नुुपर्ने दिन समेत आउनसक्ने अड्कलबाजीहरु गर्न थालिएको छ ।