काठमाण्डौ । चिनियाँ राजदूत यु होङले सिन्धुपाल्चोकको तातोपानी नाका चाँडै सञ्चालनमा आउने बताएकी छन् । 

‘म केही दिनअघि दूतावासका कर्मचारीसहित तातोपानी नाका भ्रमणमा गएकी थिएँ, भूकम्पका कारण बन्द भएको नाका चाँडै सुचारु हुनेछ भन्ने मलाई विश्वास छ,’ राजदूत होङले भनिन्, ‘यसमा दुवै पक्ष निरन्तर सक्रिय हुनुपर्छ ।’

उनले नेपाल र चीनबीच ३० परम्परागत व्यापारिक नाका रहेको र यसमार्फत दुवै देशले व्यापार प्रवद्र्धन गर्नुपर्ने बताइन् । ‘नेपालको सिमानानजिकै हामीले राजमार्ग र सुक्खा बन्दरगाहहरू बनाइरहेका छौँ,’ उनले भनिन् । आजको नयाँ पत्रिकामा खबर छ ।