काठमाण्डौ । मेलम्ची खानेपानी बिकास समिति कोर्ड अध्यक्ष तथा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले मन्त्री र सांसदको ठेकेदारबाट काम लिन गाह्रो भएको छ ।

वातावरण संरक्षण समितिले मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले वातारण प्रदुषण भएको र निर्माण कार्य छिटो सक्न निर्देशन दिएपछि उनले समितिमै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘मन्त्री र सांसदका पनि ठेकेदार छन् । ती सरकारभन्दा पनि शक्तिशाली छन्’, उनले समितिमा मंगलबार आयोजित छलफल कार्यक्रममा भने । उनले आयोजनाका कारण मात्र प्रदुषण नबढेको दावी समेत गरे । यो खबर आजको नागरिकमा छापिएको छ ।