दमक । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले जनताले चाहे संवैधानिक बाटोबाटै राजसंस्था फर्कनसक्ने बताएका छन् ।

झापाको दमकमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताले चाहे गणतन्त्र खारेज हुनसक्ने समेत दावी गरे । 

‘राजसंस्था फर्काउन सक्ने बाटो अहिलेको संविधानले दिएको छ ।’ उनले भने, ‘अहिले सबैभन्दा ठूलो शक्ति नै जनता हुन्, जनताले चाहे संविधानकै उपयोग गर्दै खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन सम्भव छ ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।