►शंकरप्रसाद पाण्डे
-नेपाल उद्योग वाणिज्य महासंघको आसन्न अधिवेशनमा वस्तुगतर्फका उपाध्यक्ष पदका उम्मेद्वार

उद्योग वाणिज्य महासंघको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?
यो चुनावबाटै हामीले आउने तीन वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर, वस्तुुगत र एशोसिएसट उपाध्यक्ष तथा सबै सदस्यहरुको छनौट गर्नुपर्नेछ । यही क्रममा मैले पनि वस्तुुगततर्फको उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएको छुु । हामी लगभग अन्तिम क्षणमा छौ, हामीले नोमिनेसन समेत गरिसकेका छौ । चैत २८ र २९ गतेको व्यग्र प्रतिक्षामा छौ । 

वस्तुुगततर्फको उपाध्यक्षमा तपाईले जित्ने आधार के हो ?
म उद्योग वाणिज्य महासंघमा विगत १२ वर्षदेखि आबद्ध छुु । विविध कमिटीमा बसेर मैले धेरै काम गरेको छुु । त्यहाँ बसेर मैले जे काम गरेँ र जसरी साथीहरुको मन जितेको छुु, उहाँहरुले मलाई जसरी काम गर्नसक्ने व्यक्तिको रुपमा बुुझ्नुुभएको छ, त्यही नै मेरा लागि पर्याप्त छ । भोलिका दिनहरुमा पनि उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष भएर गइसकेपछि मैले वस्तुुगत सेवासँग सम्बन्धित समस्याको बिषयमा पूर्ण रुपमा काम गर्न सक्छुु भन्ने उहाँहरुलाई विश्वास छ । यही कारण आसन्न निर्वाचनमा म निकै राम्रो मतका साथ विजयी हुँदैछुु । 

शेखर गोल्छाको प्यानलबाट उमेशलाल श्रेष्ठले पनि वस्तुुगततर्फको उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुुभएको छ । उहाँ भन्दा तपाई कसरी योग्य ? 
वस्तुुगत संघमा उहाँभन्दा मेरो अनुुभव धेरै छ । म लगातार वस्तुुगत संघमा आबद्ध छुु । म जत्तिको धेरै अनुुभव मेरा प्रत्यासीसँग छैन । उद्योग वाणिज्य संघमा बसेर मैले गरेका काम, मैले दिएका समयहरुको बिषयमा त्यहाँको दस्तावेजहरुले पनि बोल्छन् । यी सबै कुरालाई आधार मान्ने हो भने उद्योग वाणिज्य महासंघको वस्तुुगततर्फको उपाध्यक्ष पदका लागि अहिलेको सन्दर्भमा सबैभन्दा उपयुक्त मान्छे म नै हो भन्ने कुरामा आदरणीय मतदाताहरु पनि प्रष्ट हुनुहुुन्छ । 

तपाईका चुनावी अजेण्डाहरु चाहि के–के हुुन् ?
मेरो ५ वटा महत्वपूर्ण चुनावी एजेण्डाहरु छन् । पहिलो एजेण्डा भनेको संगठनको सुदृढीकरण हो । अहिले वस्तुुगत संघहरुको संख्या ९९ वटा छ । धेरैको आफ्नो कार्यालय वा भवन छैन । त्यसकारण मेरो पहिलो प्रयास नै सबै वस्तुुगत संघहरुको एउटा सामूहिक कार्यालय वा भवन बनाउने, जहाँ सबै संस्था अटाउन सकून् र सबैलाई एकीकृत रुपमा संचालन गर्न सकियोस् भन्ने हो । दोश्रो : वस्तुुगत संघहरु विशिष्ट प्रकारका संघहरु हुन् । वस्तुुगत संघहरुलाई पाँचवटा क्याटोगोरीमा विभाजन गरेका छौ । पहिलो कृषि, त्यसपछि निर्यात, पर्यटन, सेवा र उद्योग । यी पाँचवटा क्षेत्रमा विभिन्न प्रोडक्ट समावेश छन् । ती प्रोडक्टहरुको विकास र बिस्तारका लागि साना–साना कमिटीहरु बनाएर, ती कमिटीहरुमार्फत समस्या पहिचान गर्ने र समाधानको उपाय खोजिनेछ । तेश्रो : म आफूू पनि विभिन्न संघसंस्थामा काम गरेको मान्छे हुँ । म उद्योग वाणिज्य संघमा आउनुुअघि पश्मिना संघमा बसेर महत्वपूर्ण उपलब्ध हात पारेको छुु । नेपालमै पहिलोपटक कलेक्टिभ ट्रेडमार्क रिड्यूस गराएको छुु । पश्मिना ब्राण्ड अन्तर्राष्ट्रिय जगतमा चिनाउन हामी सफल भएका छौ । अहिले पनि मैले यूरोपियन युनियनसँग मिलेर विभिन्न देशमा काम गरेको छुु । विश्व बैंक, एशियाली विकास बैंक लगायतसँग पनि बसेर काम गरेका छौ । ती संस्थाहरुसँग समन्वय गरेर वस्तुुगत संघहरुको क्षमता बिस्तार तथा वृद्धिमा काम गर्न सकिन्छ । चौथो : उद्योग वाणिज्य महासंघको जुन विधान छ, अहिले पनि यहाँ वस्तुुगत संघहरुको राम्रो प्रतिनिधित्व छैन । वस्तुुगत संघहरुलाई उद्योग वाणिज्य महासंघको ‘ब्रेन’ पनि मानिन्छ । र, त्यत्रो महत्वपूर्ण स्थान हुँदाहुँदै पनि हामीले ठूलो स्थान पाएका छैनौ । जिल्लानगर, एशोसिएट समूह सरह यसलाई पनि स्थापित गराउनुपर्छ भन्ने मेरो मान्यता हो । पाँचौ, सचिवालय बलियो बनाउने र विशिष्ट पहिचान बनाउने भन्ने काम पनि गर्नुपर्नेछ । 

नेपालको निर्यात अवस्था आयातको तुलनामा अत्यासलाग्दो अवस्था छ । तपाई उपाध्यक्ष भएपछि निर्यातको अवस्थामा के परिवर्तन आउला भन्ने आशा गर्न सकिएला ?
म निर्वाचित हुुने भनेको निर्यातका लागि मात्र नभएर समग्र क्षेत्रको विकासका लागि नै हो । तर, यहाँले भनेजस्तो मेरो आफ्नो व्यवसाय पनि निर्यातसँग सम्बन्धित नै छ । यसकारण मैले देखेको कुरा, यहाँ दुुई तीनवटा कुरा निकै महत्वपूर्ण छन् । एउटा कुरा, हामीसँग निर्यात पोलिसी छैन । अर्कोतर्फ हामीले निर्यात गर्ने सामानहरुको गुणस्तर बढाउने र त्यसको भरपर्दो अन्तराष्ट्रिय बजार बनाउने भन्ने मुद्धा पनि महत्वपूर्ण छ । निर्यात अब कम्तीमा डबल डिजिटमा हुनुुपर्छ । विभिन्न सेक्टरका लागि प्याकेज प्रोग्राम ल्याउनुपर्छ र निर्यातजन्य उत्पादन बढाउनुुपर्छ । ७६ अर्बको व्यापारलाई हामीले १ खर्ब माथि पुर्याउनसक्छौ । 

केहीअघि वस्तुुगत संघहरु उद्योग वाणिज्य महासंघको ब्रेन हुुन् भन्नुुभयो । अहिले महासंघभित्र गुटउपगुट, आपसमा पानी बाराबार, कित्ताकाट र विभाजन निकै डरलाग्दो गरी बढेको देखिन्छ । टुटफूटको अवस्थामा रहेको महासंघमा जितेर गएपछि सबैलाई एकताको सूत्रमा बाँध्ने बिषयमा पनि वस्तुुगत संघहरुको समग्र ब्रेनलाई तपाई प्रयोग गर्नुहुन्छ ?
तपाईले ज्यादै महत्वपूर्ण प्रश्न उठाउनुुभयो । भित्र जति धुुव्रीकरण छ, बाहिर त्योभन्दा बढी हल्ला भएको छ । तर कित्ताकाट चाहि भएकै हो, त्यो पनि स्वीकार गर्छुु । हाम्रो पनि एउटा महत्वपूर्ण काम तथा जिम्मेवारी उद्योग वाणिज्य महासंघका हरेक चुनावहरुमा स्वस्थ प्रतिस्पर्धा गराउने वातावरण बनाउने पनि हुन्छ । प्रतिस्पर्धा सबैले स्वस्थ गर्नुपर्छ । सिंगो महासंघ बनाएर अगाडि बढ्नुुपर्छ । जितिसकेपछि यो समूहबाट आएको, त्यो समूहबाट आएको भनेर सोच्नुुहुन्न । भोलिका दिनमा उपाध्यक्ष भइसकेपछि म सन्तुलित भूमिका खेल्छुु । 

अन्तमा मतदातालाई के भन्नुुहुन्छ ?
आदरणीय मतदातालाई मेरो विनम्र आग्रह, कुनै पनि व्यक्ति वा समूहको पछि लागेर भोट नहाल्नुुहोला । तपाईले आफ्नो विवेक प्रयोग गरिदिनुुहोला, क्षमतावान र काम गर्नसक्नेहरुलाई भोट हाल्नुुहोला । मेरो अनुरोध यत्ति मात्र हो ।