काठमाडौं । देशकै ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम आइतबारदेखि प्रमुख(प्रबन्ध निर्देशक)विहीन बन्न पुगेको छ । 

तत्कालीन टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको २ वर्षे कार्यकाल सकिए पनि नयाँको नियुक्तिमा ढिलाई गरिँदा देशकै ठूलो दूरसंचार प्रदायक कम्पनी प्रमुखबिहीन बन्न पुगेको हो । 

२०७१ भदौ २० गते टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएका आचार्यको कार्यकाल भदौ १९ गतेदेखि सकिएको हो । 

आचार्यको कार्यकाल सकिँदासम्म टेलिकमको नयाँ प्रमुख नियुक्त भइसक्नुपर्नेमा सरकार परिवर्तन र संचारमन्त्रालय सम्हाल्ने दल समेत परिवर्तन भएका कारण केही ढिलाई भएको बताइएको छ । 

नयाँ प्रमुखका लागि केहीअघि सरकारले योग्य उम्मेद्वारहरुबाट आवेदन मागेको थियो । सो क्रममा निवर्तमान प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसहित १३ जनाले आवेदन दिएका छन् ।

नेपाल टेलिकम सरकारलाई धेरै कर तिर्नेमध्येको एक कम्पनी हो । यो कम्पनीको सरकारी सेयर स्वामित्व अधिक छ । 

यहीकारण टेलिकमका प्रमुखजस्तो मालदार पदमा आफ्ना नजिकका मान्छेलाई विभागीय मन्त्रीले लैजाने चाहना राख्छन् । यही चाहनाका कारण समेत आचार्यको कार्यकाल सकिँदा समेत नयाँ प्रमुखको नियुक्त हुन नसकेको स्रोत बताउँछ । 

संचार मन्त्रालयका एक अधिकारीका अनुसार टेलिकमका नयाँ प्रमुखको नियुक्ति हुन अझै एकसाता भन्दा बढी समय लाग्नसक्छ ।

एकसाता भन्दा बढी समय टेलिकम प्रमुखविहीन हुँदा यसका धेरै नियमित कामहरु चौपट हुने कर्मचारी बताउँछन । ‘सरकारको यो लापरबाहीले लाखौं सेवाग्राहीहरुले अनाहकमा दुःख पाउन सक्छन् ।’ टेलिकम स्थित कर्मचारी युनियनका एक अधिकारीले भने–‘भदौ १९ गतेदेखि आचार्यको कार्यकाल सकिँदैछ भन्ने जानकारी सरकार र सम्बद्ध निकायलाई पहिला नै थियो । तर समयमै नयाँ प्रमुख नियुक्त गर्न नसक्नु लापरबाहीको परिणाम र चलखेल पनि हो ।’ 

नयाँ प्रमुखका लागि केहीअघि सरकारले योग्य उम्मेद्वारहरुबाट आवेदन मागेको थियो । सो क्रममा निवर्तमान प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसहित १३ जनाले आवेदन दिएका छन् । यिनै १३ मध्येबाट छनौट समितिले ३ जनाको नाम सिफारिस गर्ने र ती तीनमध्ये एकजनालाई मन्त्री परिषदले टेलिकम प्रमुखको रुपमा नियुक्त गर्नेछ । 

आचार्य नै आउनसक्ने संभावना !
यसैबीच, २ वर्षसम्म नेपाल टेलिकमलाई उत्कृष्ट ढंगले हाँकेका बुद्धिप्रसाद आचार्य नै फेरि अर्को कार्यकालका लागि प्रबन्ध निर्देशक बनेर आउने संभावना बढेको छ । संचार मन्त्रालयस्थित स्रोतका अनुसार जर्जर बनेको नेपाल टेलिकमलाई प्रतिस्पर्धी बनाउने महत्वपूर्ण भूमिका आचार्यको नेतृत्वले निर्वाह गरेको थियो । 

आचार्यले महाभूकम्पको बेला तहसनहस बनेको टेलिकम सञ्जाललाई समेत केही दिनमै ठीक गरेका थिए । प्रविधिको सुधारमा फड्को मारेका उनले टेलिकम सुधारका मार्गचित्र बनाएर तत्कालीन संचारमन्त्री शेरधन राईलाई समेत प्रभावमा पार्न सफल भएका थिए । 

आचार्यले आफ्नो कार्यकालमा टेलिकमको झूर सेवालाई स्तरीय बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । प्रतिस्पर्धामा रहेका अन्य दूरसंचार सेवा प्रदायक कम्पनीहरुले बजार हिस्सा बढाइरहेको बेला टेलिकमको नेतृत्व सम्हालेर आक्रामक रणनीतिसहित उत्रिएका आचार्यले टेलिकमको मार्केट हिस्सा समेत निकै माथि पुर्याएका छन् । नेटवर्क नलाग्ने, रिचार्ज नहुने जस्ता समस्या बारम्बार दोहोरिरहँदा दिक्क बनेका ग्राहकलाई उनको नेतृत्वले गुणस्तरीय सेवाको आभास दिलाएको थियो । 

आचार्यले महाभूकम्पको बेला तहसनहस बनेको टेलिकम सञ्जाललाई समेत केही दिनमै ठीक गरेका थिए । प्रविधिको सुधारमा फड्को मारेका उनले टेलिकम सुधारका मार्गचित्र बनाएर तत्कालीन संचारमन्त्री शेरधन राईलाई समेत प्रभावमा पार्न सफल भएका थिए । 

डा. मिनेन्द्र रिजाल संचारमन्त्री हुँदा टेलिकम प्रबन्ध निर्देशक भए पनि उनको कामका कारण त्यसपछि संचारमन्त्री भएकाहरु प्रभावित हुँदै आएका छन् । उनको कामकै कारण शेरधन राई समेत प्रभावित थिए । 

मन्त्री नियुक्त भएलगत्तै हालका संचारमन्त्री राम कार्कीले टेलिकम प्रमुखमा माओवादी पार्टीसँग निकट कसैलाई ल्याउने प्रयास गरे पनि आचार्यको योगदान, टेलिकमलाई सुधारमा खेलेको उल्लेख्य भूमिका र उनको नेतृत्व क्षमताका कारण समेत पछिल्लो समय उनैलाई नियुक्त गर्न चाहेका बताइन्छ । 

‘२ वर्षे कार्यकालमै टेलिकमलाई आमूल सुधारको पथमा हिँडाएका आचार्यलाई नै फेरि एक कार्यकाल दिंदा टेलिकम माथि जान्छ भने उनैलाई ल्याउनुपर्छ भन्ने कुरामा संचारमन्त्री सहमत छन् ।’ स्रोतले भन्यो–‘माथिबाट हस्तक्षेप भएन भने कामकै कारण बुद्धिप्रसाद आचार्य नै टेलिकम प्रबन्ध निर्देशक हुने अधिक संभावना छ ।’ 

किन आचार्य नै ?
बुद्धिप्रसाद आचार्यले टेलिकमको प्राविधिक र संस्थागत सुधारका लागि निकै महत्वपूर्ण कामहरु गरेका छन् । उनले यसअघि प्रबन्ध निर्देशक भइसकेको व्यक्ति अवकाशपछि फेरि कर्मचारी भएर फर्किने र जागिरे बनिरहने परम्परालाई समेत अन्त गरिदिए । उनको यो सुधारको पहिलो शिकार उनी स्वयम् भएका टेलिकम कर्मचारी बताउँछन । 

‘आफ्नो कार्यकालमा अवकाशपछि फेरि कर्मचारीको रुपमा एमडी फर्कन नपाउने नियम बनाए ।’ एक कर्मचारीले भने–‘उनले जे बनाए, त्यही गरे भदौ १९ मा कार्यकाल सकिएपछि उनी चुपचाप अवकाशमा बसे । फेरि   टेलिकममै बसेर जागिर खाने लोभ देखाएनन् ।’ 

‘आफ्नो कार्यकालमा अवकाशपछि फेरि कर्मचारीको रुपमा एमडी फर्कन नपाउने नियम बनाए ।’ एक कर्मचारीले भने–‘उनले जे बनाए, त्यही गरे भदौ १९ मा कार्यकाल सकिएपछि उनी चुपचाप अवकाशमा बसे । फेरि   टेलिकममै बसेर जागिर खाने लोभ देखाएनन् ।’ 

नियम तथा नियमावलीमा मात्र सुधार गरेनन् बुद्धि आचार्यले । उनले टेलिकमको सेवा बिस्तार तथा गुणस्तरमा निकै राम्रा काम पनि गरे । जस्तो थ्रीजी सेवा बिस्तारमा उनले महत्वपूर्ण भूमिका खेले । फिक्स टेलिफोन लाईनलाई नयाँ प्रविधिमा संचालन गर्ने योजना प्रारम्भ गरे । फाइबर टु द होम सेवाको सुरुवात गरेर टेलिकमको सेवाप्रतिको विश्वसनीयता बढाउने काम गरे । 

आचार्य प्रबन्ध निर्देशकको रुपमा आउनुअघि टेलिकमको इन्टरनेट सेवा देशका ५१ वटा जिल्लामा मात्र सीमित थियो, उनी आएपछि आक्रामक रणनीतिका साथ टिम परिचालन गरे र देशका ७५ वटै जिल्लामा इन्टरनेट सेवामा पहुँच पुर्याउने काम गरे । 

उनले अप्टिकल फाइबरबाट नेपाल चाइना इन्टरकनेक्नसको महत्वपूर्ण कामको सुरुवात समेत गरे । यो कामले दूरसंचार सेवामा नेपालको एक मात्र देशप्रतिको परनिर्भरता अन्त हुने मार्गप्रशस्त भएको छ । 

उनले अप्टिकल फाइबरबाट नेपाल चाइना इन्टरकनेक्नसको महत्वपूर्ण कामको सुरुवात समेत गरे । यो कामले दूरसंचार सेवामा नेपालको एक मात्र देशप्रतिको परनिर्भरता अन्त हुने मार्गप्रशस्त भएको छ । 

संस्थागत सुधारमा समेत आचार्यले महत्वपूर्ण काम गरेका कर्मचारी बताउँछन । उनीहरुका अनुसार संस्थालाई विकेन्द्रीकरणको अवधारणाअनुसार केन्द्रीय कार्यालयलाई कर्पोरेट अफिसको रुपमा संचालन गरी अन्य कार्यालयलाई व्यवसायिक युनिटको रुपमा संचालन गर्दै उनले सफल सांगठनिक पुनरसंरचना गरे । 

‘खर्च कटौति र कर्मचारी व्यवस्थापन सन्दर्भमा स्वेच्छिक अवकास योजना लागू गरे ।’ कर्मचारीले भने –‘८ सय ६ जनाले स्वेच्छिक अवकास योजनामा सहभागिता जनाए, यसले नेपाल टेलिकमको धेरै ठूलो बोझ कम भएको छ ।’

उनले कर्मचारीहरुको सेवा तथा सुविधामा समेत समयानुकुल परिवर्तन गरेका, आन्तरिक सुविधामा समयानुकुल परिमार्जन गरेका कर्मचारी बताउँछन । 

आचार्यको काम देखिने सबैभन्दा ठूलो पक्ष भनेकै दूरसंचार सेवा प्रदायक कम्पनीहरुको मार्केट सेयरमा आएको बदलाव हो । आचार्य आउनुअघि नेपाल टेलिकमको मार्केट सेयर ४३ प्रतिशत थियो, तर उनको २ वर्षे कार्यकालको अथक मेहेनतले हाल टेलिकमको मार्केट सेयर ४८ प्रतिशत पुगेको छ । 

आचार्य आउनुअघि नेपाल टेलिकमको मार्केट सेयर ४३ प्रतिशत थियो, तर उनको २ वर्षे कार्यकालको अथक मेहेनतले हाल टेलिकमको मार्केट सेयर ४८ प्रतिशत पुगेको छ । 

‘आचार्यकै कुशल नेतृत्वका कारण ग्राहक संख्याको आधारमा दोश्रो स्थानमा रहेको टेलिकम अहिले पहिलो स्थानमा उक्लिएको छ ।’ टेलिकमका कर्मचारीहरु भन्छन्–‘टेलिकमलाई अझ माथि उठाउने हो र निर्विकल्प नम्बर वान बनाउने हो भने बुद्धि आचार्यलाई अझै एक कार्यकाल काम गर्ने अवसर दिनुपर्छ ।’