काठमाण्डौ । गाम्बियाका निर्वाचित राष्ट्रपति आडमा बैरोका पुुत्रलाई कुकुरहरुले खाएर मारेका छन् । 

आठ वर्षका राष्ट्रपति पुत्रलाई कुकुरले मिलेर आक्रमण गरेका र उनलाई खाँदै गर्दा जिवितै उद्धार गरिए पनि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । 

राष्टपति आडमा भने पुत्रको अन्तिम संस्कार सहभागी हुन पाउने छैनन् । उनी सुरक्षाका कारण सेनेगलमा छन् । 

उनले गत वर्षको निर्वाचनबाट राष्ट्रपतिको चुनाव जितेका थिए । तर उनीअघि राष्ट्रपति पदमा आसीन याहया जामेहले पद छाड्न नमानेपछि त्यहाँ समस्या भएको थियो । मिडिया रिपोर्टहरुमा भनिए अनुसार याहयालाई पदबाट हटाउनका लागि त्यहाँको सैनिकको सहायता लिने तयारी भइरहेको छ । अर्कोतर्फ याहयाले सर्वोच्च अदालतमा आडमालाई रोक्नका लागि रिट दायर गरेका छन् ।

तर सोमबार त्यहाँका प्रधान न्यायाधीशले यो विषयमा कुनै पनि आदेश दिन अस्वीकार गरेपछि आडमाको सपथ ग्रहण निश्चित भएको छ । आफ्नो पदको सपथ ग्रहण निश्चित भएकै बेला उनको पुत्रलाई कुुकुुरहरुको समूहले खाएर मारेका हुन् ।