काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ। सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणले गति लिने निष्कर्षसहित प्राधिकरणले सम्बन्धित निकायसँग छलफल थालेको छ। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सेना र सशस्त्रलाई पुनर्निर्माणको काममा सघाउन विस्तृत योजना बनाउन सुरु भएको जानकारी दिए। पोखरलेका अनुसार पुनर्निर्माणका लागि गाउँमा दक्ष कामदारको अभाव हुँदा पीडितले घर निर्माण गर्न सकेका छैनन्। 

यो समस्या समाधान गर्न सेना र सशस्त्रले गाउँमा गएर पुनर्निर्माणसम्बन्धी तालिम दिने तथा अन्य आवश्यक सहयोग गर्नेछन् । सेना तथा सशस्त्रले उपलब्ध गराउने जनशक्तिका आधारमा प्राधिकरणले गाउँमा अरु जनशक्ति परिचालन गर्नेछ । यो खबर आजको नागरिकमा छापिएको छ ।