काठमाण्डौ । चीनको चर्चित ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अमेरिका र चीनबीचको विवाद सही ढंगले समाधान गरिएन भने दुुई देशबीच निकै ठूलो व्यापार महायुद्ध हुने बताएका छन् । 

उनले डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत सुरु हुने व्यापार महायुद्धका लागि दुवै देश तयारी अवस्थामा बस्नुपर्ने देखिएको समेत बताए । अलीबाबाका मालिकले भनेका छन् कि यस्तो अवस्थामा चीनको आर्थिक परिदृश्य आशा गरिएको भन्दा निकै कडा हुनेछ ।

जनरल एशोसिएसन अफ झेजिआङ इन्टरप्रेनियर्सहरुको वार्षिक बैठकलाई सम्बोधन गर्दै ज्याक माले भनेका छन्–‘आगामी ३ देखि ५ वर्षको अवधिमा आर्थिक अवस्था अधिक कठीन हुनेछ ।’ उनले चीनको आर्थिक वृद्धिदर ६.७ प्रतिशत कायम रहिरहने जिकिर समेत गरेका छन् । यो दुुई देशमा सबैभन्दा कम वृद्धिदर हो । उनले विगत तीन दशकदेखि चीनको आर्थिक वृद्धिदर तेज गतिमा भइरहेको यथार्थ भए पनि आगामी दिनमा यस्तो गतिमा ब्रेक लाग्नसक्ने आशंका समेत व्यक्त गरेका सिन्ह्वाले जनाएको छ । 

चीन र अमेरिकाबीचको सम्बन्धको परिदृश्यको बारेमा बोल्दै उनले विश्वको सबैभन्दा दुुई ठूला अर्थतन्त्रका बीच व्यापार परिदृश्यमा ठूला ठूला विवाद आउनसक्ने देखिएको प्रष्ट्याएका छन् । उनले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पसँग भेटेका थिए । उनले भनेका छन्–‘यदि यो विवादका समाधान सही ढंगले भएन भने दुुई देशबीच निकै ठूलो व्यापार युद्ध सुरु हुनसक्छ ।’