काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर सार्वजनिक गरिएको हो ।

यो कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।