• रसायनयुक्त, विषाधियुक्त र क्यान्सर उत्पन्न गर्ने कुनै पनि चिज सम्भव भएसम्म नखानुहोस् । विशेष गरी रातो मासुमा यस्तो क्यान्सरजन्य तत्व हुने हुनाले कहिल्यै पनि उपभोग नगर्नुहोस् । अत्याधिक रातो मासु खाएमा घाँटी र आन्द्राको क्यान्सर हुने ५० प्रतिशत सम्भावना हुन्छ । 
  • प्रशस्त फलफुल र हरियो सागसब्जी सेबन गर्नुहोस् । 
  • स्वच्छ पानी पिउनुहोस् । 
  • सम्भव भए दैनिक, यदि सकिदैन भने सातामा कम्तिमा एक गिलास फलफुलको जुस पिउनुहोस् । 
  • खानामा सकेसम्म चिनियुक्त र गुलियोको मात्रा कम गर्नुहोस् । चिनिले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने भएकोले चिनिको सक्दो कम प्रयोग गर्नुपर्छ । 
  • व्यायाम गर्नुहोस् । व्यायम स्तन र घाँटीको क्यान्सर तथा ट्युमर रोकथामसँग प्रत्यक्ष सम्बन्धित भएकोले दैनिक रुपमा व्ययायाम क्यान्सरबाट बच्ने अचुक उपाय हुन सक्छ ।  ग्रीन टि, दालचिनी, अदुवाको प्रर्याप्त उपभोग गर्नुहोस् ।
  • अमेरिकाको क्यान्सर रिसर्च संस्थाका अनुसार धुवाँमा पकाएको वा नुन दलेर राखेको मासु कहिल्यै पनि खानु हँुदैन । सुकुटी र नुनिलो मासुको उपभोगले कोलोन क्यान्सरको सम्भावना बढी हुन्छ । 
  • आलु चिप्स नखानुहोस् । आलुलाई टुक्रा–टुक्रा पारेर तेलमा फ्राई गर्दा क्यान्सर बनाउने तत्व उत्पन्न हुने भएकोले आलुचिप्स नखान विज्ञहरुले सुझाब दिएका छन् । 
  • एजेन्सीबाट