काठमाण्डौ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमुना परीक्षण गर्दा गुणस्तर न्यून पाइएको छ । 

विभागले दूधको नमुना परीक्षणपछि माघ १९ गते डिडिसी विरुद्ध मुद्दा दायर गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडैंलाई पत्र लेखेको थियो ।

विभागको आग्रहअनुसार डिडिसीविरुद्ध दुई फरक मुद्दा दायर गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दुवै मुद्दामा डिडिसीका आयोजना प्रमुखलाई प्रतिवादी बनाएर प्रयोगशाला रिपोर्ट प्रमाणका रुपमा पेस गरिएको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।