काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले डबल अफर पाउने भएका छन् । 

यो बिमा कम्पनीले २० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश र त्यसलगत्तै ५० प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव अगाडि बढाएको हो । 

कम्पनीको बुधबार बिहान सम्पन्न १०८ औं संचालक समिति बैठकले आफ्ना लगानीकर्तालाई बोनस र हकप्रदको डबल अफर दिने निर्णय गरेको हो । यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयन हुनेछ । 

पहिला बोनस वितरण गर्ने र त्यसपछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद दिने संचालक समितिको बैठकले निर्णय गरेको नेप्सेमा प्रकाशित एक सूचनामा उल्लेख गरिएको छ । 

एशियन लाइफ इन्स्योरेन्सको चुक्तापूँजी ६७ करोड १३ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर र त्यसपछि ५० प्रतिशत हकप्रद वितरणपछि चुक्तापूँजी वृद्धि भई १ अर्ब २० करोड रुपैयाँ पुुग्ने बताइएको छ । 

यो कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २ करोड ८ लाख खूद नाफा आर्जन गरेको छ ।