१. पुतलीको आकारमा हुने थाइराइड ग्रन्थी घाँटीमा हुन्छ । थाइराइडबाट उत्पादन हुने हर्मोन रगतको माध्यमबाट शरीरका विभिन्न तन्तु र अंगमा गई क्यालोरी उपयोग,  अक्सिजन खपत गर्ने, पाचन प्रक्रिया तथा दिमागको कार्यमा सहयोग गर्छ ।

२. २ करोड ७० लाखभन्दा बढी अमेरिकी कुनै न कुनै प्रकारको थाइराइड समस्याबाट पीडित छन् । १ करोड ३० लाखलाई त आफूलाई थाइराइड लागेको पनि थाहा हुन्न । 

३. थाइराइडको समस्याबाट पुरुषभन्दा महिलाहरु बढी खतरामा हुन्छन् ।
 
४. थाइराइडमा तीन महत्वपूर्ण हर्मोन हुन्छन् : थाइरोक्सिन (टी फोर), ट्रिडोथाइरोनाइन (टि थ्रि) र क्यास्टिोनिन । टि थ्रि र टि फोर मानिसको समग्र मेटाबोलिजमका लागि जिम्मेवार मानिन्छन् । क्याल्सिटोनिनले शरीरमा जम्मा भएको क्याल्सियमलाई नियमन गर्न सहयोग गर्छ र हड्डी निर्माणको प्रक्रियालाई निर्देशित गर्छ ।

५. टि थ्रि र टि फोर हर्मोन बन्न आयोडिन आवश्यक पर्छ । आयोडिनको कमी भएका क्षेत्रमा बस्ने विश्वका मानिसलाई थाइराइडसम्बन्धी समस्या हुन्छन् ।

६. टि थ्रि हर्मोनले कार्बोहाइड्रेट र चिल्लोबाट पोषण तत्व शोषण गर्छन्, मांसपेशी निर्माण, शरीरमा अक्सिजन उपयोगजस्ता कार्यमा सहयोग गर्छन् ।

७. थाइराइड हर्मोनको उत्पादन हाइपोथाल्मस र पिट्युरी गन्थीले नियन्त्रण गर्छन्, यी ग्रन्थी दिमागमा हुन्छन् । 

८. थाइराइडमा आउने समस्याको एउटा कारण तनाव पनि हो । 

९. थाइराइडको बढी उत्पादन हुने प्रक्रियालाई हाइपरथाइरोइडिजम भनिन्छ । अमेरिकामा १ हजार जनामा एकजनामा यो समस्या देखिन्छ । यसबाट मेटाबोलिक दर बढ्छ, चिडचिडाहट हुने र तौल घट्ने हुन्छ ।

१०. थाइराइडका लागि आवश्यक पोषक तत्वहरु आयोडिन, टिरोजाइन, भिटामिन बी, भिटामिन ए, सेलेनियम, जिंक आदि हुन् ।

११. थाइराइड रोग लागेको थाहा पाउने बित्तिकै गम्भीर रुपले लिनुपर्छ  र डाक्टरको परामर्श लिइहाल्नुपर्छ । यदि यसलाई गम्भीर रुपले लिइएन भने स्ट्रोक, मुटु रोग, नपुंसकता र अल्जाइमरले असमयमै मृत्युको मुखमा पुग्ने खतरा हुन्छ ।

१२.  थाइराइडलाई सही हालतमा राख्न आयोडिन र सेलेनियमयुक्त खाना खानुपर्छ । यसका लागि आयोडिन मिसाइएको नुन र सिफुड खानुपर्छ । पालुंगो, माछा, मासु, च्याउ, सूर्यमुखीको बियाँ, भटमासजस्ता खानेकुरा खान सकिन्छ । 

-Agency