वासिङटन । ह्वाइटहाउसले बेलायती गुप्तचर निकायले अमेरिकी राष्ट्रपति निर्वाचनका समयमा डोनाल्ड ट्रम्पमाथि जासुसी गरेको आरोप लगाएकोमा माफी मागेको छ ।

निर्वाचनको समयमा बेलायती गुप्तचर निकायलाई ओबामालाई सघाउन ट्रम्पको पनि रेकर्ड गरेको आरोप लागेको थियो ।

अमेरिकी टेलिभिजन च्यानल फक्स न्यूजले आफ्नो रिपोर्टमा ह्वाइट हाउसका प्रेस सचिव स्पाइसरले बेलायती गुप्तचर निकायमाथि लगाएको आरोप प्रशारण गरेको थियो ।

ह्वाइटहाउसका अधिकारीले स्पाइसरको उक्त अभिव्यक्ति व्यक्तिगत भएको स्पष्ट पारेका छन् । यो खबर आजको कान्तिपुरले छापेको छ ।